याँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले वैशाख ३१ को स्थानीय चुनाव स्थगित गर्न माग गरेका छन् । सरकारले आफैंले संसदमा दर्ता गरको संविधान संशोधन विधेयक पास नगरी स्थानीय चुनाव घोषणा गरेको भन्दै संयुक्त वक्तव्य जारी गर्दै उनीहरुले यसले देशलाई अस्थिरता र अनिश्चिततारतिर धकेलेको दाबी गरेको सेतोपार्टीमा समाचार छ ।

Advertisement

निर्वाचनका लागि  आवश्यक स्थानीय तहको संरचना नै नबनेको र कानुन समेत नभएको भन्दै उनीहरूले चुनावका लागि ६ बुँदे माग राखेका छन् । संघ र प्रदेशको चुनाव पहिला गर्नुपर्ने भन्दै विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय तह प्रदेश मातहत रहनुपर्छ र, यसको निर्वाचन प्रदेशले गराउने व्यवस्था गर्नुपर्छ । राजनीतिक दलहरुको भागवण्डा र सत्ता स्वार्थको आधारमा घोषणा गरिएको स्थानीय निर्वाचनको मिति फिर्ता लिनुपर्छ ।’

हेर्नुहोस् संयुक्त विज्ञप्तिको पूर्ण पाठ

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!