विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । छापावाल सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँ बढेर १ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि हिजो छापावाल सुन १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । हिजो तोलामा १ हजार ९९० रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँ मूल्य बढेर २ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ ।