विराटनगर । कोशी प्रदेश सरकारले सामाजिक क्षेत्र विकासका लागि १ अर्ब ९८ करोड बजेट विनियोजन गरेको छ । कोशी प्रदेश सभामा शनिबार बजेट प्रस्तुत गर्ने क्रममा यो जानकारी दिइएको हो ।
कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सामाजिक क्षेत्रको विकासका लागि बजेट विनियोजन गरेको बताए ।