संगालोखबर

विराटनगर । पाँच दिनसम्म पूर्वी क्षेत्रमा सीमित रहेको मनसुनी वायु विस्तारै पश्चिमतिर सर्न थालेको छ । मधेश प्रदेशको पूर्वी भेग र बाग्मती प्रदेशका केही ठाउँमा मनसुनी वायुको प्रभाव देखिन थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Advertisement

शुक्रवार रातिदेखि नै कोशी प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । शनिवार दिउँसो पनि कोशीका विभिन्न क्षेत्रमा वर्षा हुने विभागले जनाएको छ । मनसुन पश्चिमतिर पुग्न भने अझै केही दिन लाग्ने जनाइएको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदशेका तराई भेगमा अझै केही दिन गर्मी कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनदेखि पश्चिम तराईका धेरै ठाउँको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । नेपालमा यसपटक औसत समयभन्दा तीन दिन छिटो जेठ २८ गते मनसुन भित्रिएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!