संगालोखबर

विराटनगर । कोशी प्रदेश सरकारविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमाथि असार ९ गते अर्को सुनुवाइ हुने भएको छ । बिहिवार सर्वाेच्च अदालतको पूर्ण इजलासले उक्त रिट अन्तर्गतको मुद्दालाई ‘हेर्दाहेर्दै’ मा राखेको छ ।

Advertisement

न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासले उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखेको हो । अदालतका न्यायाधीश बिदामा हुने भएकाले अब अर्काे सुनुवाइ ९ असारमा मात्र हुने जनाइएको छ ।

बिहीबारको सुनुवाइमा निवेदक कार्कीको पक्षबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, बद्री कार्की, यदु खनाल, ललित बस्नेत, अपूर्व खतिवडा लगायतले बहस गरेका थिए । उनको पक्षमा बहसका लागि १२ जनाले वकालतनामा भरेका छन् । इजलासले दुवै तर्फका कानुन व्यवसायीलाई बहस नोट बुझाउन पनि आदेश जनाइएको छ ।

कोशीका प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नियुक्त तत्कालीन मुख्यमन्त्री कार्कीलाई वैशाख २६ गते पदमुक्त गर्दै सोही उपधाराअनुसार वैशाख २७ गते एमाले नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

त्यसविरुद्ध निवर्तमान मुख्यमन्त्री कार्कीले सोही दिन सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । एकजना मुख्यमन्त्री हुँदाहुँदैको अवस्थामा अर्को मुख्यमन्त्री नियुक्त गर्नु असंवैधानिक भएको जिकिर गर्दै उनले आफूलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!