संगालोखबर


विराटनगर । कोशी प्रदेश सरकार विवादसम्बन्धी मुद्दामा बिहिवार सुनुवाइ हुने भएको छ । उक्त मुद्दाको पेशी न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासमा तोकिएको छ ।

यसअघि दुईजना न्यायाधीशको संयुक्त इजलासले सुनुवाइका लागि पूर्ण इजलासमा पठाएको थियो । कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री केदार कार्की आफू मुख्यमन्त्री हुँदाहुँदै अर्का मुख्यमन्त्री तोकिनु असंवैधानिक भन्दै सर्वोच्चमा पुगेका हुन् ।

Advertisement

उनले संविधानको धारा १६८ को उपधारा ५ अनुसारको मुख्यमन्त्री भएकाले हटाउन नसक्ने जिकिर गर्दै आएका थिए । तर आफूलाई हटाएर हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाइएपछि निवर्तमान मुख्यमन्त्री कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उक्त रिटमा एकल इजलासले पाँचवटा संवैधानिक विवादका प्रश्नहरू निरूपण हुनुपर्ने भन्दै लिखित जवाफसहित छलफलमा बोलाएको थियो । संयुक्त इजलासमा पनि बहसका क्रममा तिनै प्रश्न उठेपछि मुद्दा पूर्ण इजलासमा पठाइएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!