संगालोखबर सम्बाददाता

तेह्रथुम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको सरकार हटेपछि देश राजनीतिक रूपमा अराजकतातर्फ अघि बढेको बताएका छन् ।

Advertisement

मध्यपहाडी लोकमार्ग केन्द्रित सङ्कल्प यात्रा अन्तरगत वसन्तपुरमा भएको सभामा उनले अढाई वर्ष अघि एमालेलाई सरकारबाट देशीविदेशी तत्त्वहरूले षड्यन्त्र गरेर हटाएपछि देश राजनीतिक रूपमा अन्यौलतातर्फ गएको दाबी गरे ।

उनले देशमा अनेक प्रकारका अवाञ्छित प्रवृत्तिहरू प्रकट भएको बताए । उनले भने, राजनीतिक प्रवृत्ति होइन अराजनीतिक प्रवृत्ति छ । राजनीतिक माग होइन बेग्लै प्रकारका क्रियाकलापहरू भइरहेका छन् । उनले एमालेको सरकार हुँदा देशमा असाधारण तरिकाले विकास भइरहेको दाबी गरे । यो सरकार आफ्नै कारणले ढल्ने उनले जिकिर पनि गरे ।

८४ को चुनावमा एमालेले एकल बहुमत ल्याउन सके मात्रै राष्ट्रियता र स्वाधीनतालाई जोगाउन सक्ने उनले बताए । भने, ‘एमालेले बहुमत ल्याउन सकेन भने राष्ट्रिय स्वाधीनतामै आँच पुग्छ । त्यसैले एमालेले ८४ मा एकल बहुमत ल्याउनु पर्छ ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!