संगालोखबर सम्बाददाता

धनकुटा । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्पयात्रा धनकुटा प्रवेश गरेको छ । मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा सहभागि छन् ।

Advertisement

यात्रा सुरु भएको १५ औँ दिन यात्रा पूर्वको अरुण तरेर धनकुटा प्रवेश गरेको हो । यात्रामा सहभागिलाई अरुण नदी किनारमा पार्टीका नेता, कार्यकर्ता तथा सर्वसाधारणले स्वागत गरेका छन् ।

स्वागत गर्न आफ्नो जातीय पहिचान सहितको सर्वसाधारण भेला भएका छन् । बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।

भिडियो…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!