रबिन कटेल/संगालोखबर

धनकुटा । नेकपा एमालेको ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ आजबाट कोशी प्रदेश प्रवेश गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर १४ गते बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डा फहराएर सुरु गरिएको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित संकल्प यात्रा १३ दिनमा कोशी प्रदेश आइपुगेको हो ।

Advertisement

उदयपुरको घुर्मी हुँदै कोशी प्रदेश प्रवेश गरेको संकल्प यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुनेछ । आज दिउँसो ओखलढुंगाको हर्कपुरमा कोशी प्रदेशको पहिलो आमसभा हुदैछ ।

उदयपुर, ओखलढुंगा, खोटाङ र सोलुखुम्बुको व्यवस्थापनमा हुने आमसभालाई एमाले अध्यक्ष ओलीसहितका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । खुर्कोट, हर्कपुर, हलेसी लगायत स्थानमा भेटघाटसहित टोलीले आज ६६ किलोमिटर यात्रा गर्नेछ ।

खोटाङबाट भोजपुर, धनकुटा हुँदै बिहीबार तेह्रथुमको बसन्तपुर पुगेर आमसभा गरिने सभा व्यवस्थापन समिति संयोजक टिकाराम चेम्जोङले जानकारी दिए । धनकुटा, तेह्रथुम र संखुवासभाको व्यवस्थापनमा हुने उक्त सभामा करिब १५ हजार मानिस सहभागि हुने अुनमान गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!