संगालोखबर सम्वाददाता

विराटनगर । कोशी प्रदेश सभाका सभामुख बाबुराम गौतमले मंगलबार पदबाट राजीनामा दिएका छन् । आजै काठमाडौंबाट विराटनगरस्थित प्रदेशसभा सचिवालयमा आएर उपसभामुख सिर्जना दनुवारलाई सम्बोधन गर्दै उनले राजीनामा पत्र बुझाएका हुन् ।

Advertisement

उनले गठबन्धनकै नयाँ सरकार गठनका लागि बहुमत जुटाउन पदबाट राजीनामा दिएसँगै मुख्यमन्त्री दाबी गर्न दलहरु प्रदेश प्रमुखको कार्यालय जाने तयारीमा छन् । सरकार गठनमा राप्रपाको साथ नपाएपछि गठबन्धनले सभामुख गौतमको राजीनामा गराएको हो ।

गठबन्धनले नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखसमक्ष दावी पेश गर्ने भएको छ । गौतमको राजीनामासँगै ९३ सदस्यीय प्रदेशसभामा गठबन्धनलाई सरकार बनाउन आवश्यक बहुमत ४७ सांसद पुग्नेछ । उनी नेकपा माओवादी केन्द्रबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका सभामुखसहित १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement