- संगालोखबर सम्बाददाता

दैलेख । मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले कर्णाली प्रदेशको दैलेखमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गराएका छन् ।

Advertisement

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजबाट विशेषज्ञ डाक्टरको टोली पठाएर सांसद शर्माले बुधबार दैलेखको आठबीस नगरपालिकामा स्वास्थ्य शिविर सञ्चालन गराएका हुन् । दैलेख क्षेत्र नं.२ बाट निर्वाचित सांसद दिक्पाल कुमार शाही र आठबीस नगरपालिकासँग सहकार्य गरेर सञ्चालन गरिएको शिविरमा १ हजार ३ सय २२ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

शिविरमा १८९ जनाको मुटुको जाँच इसीजी, २१७ जनाको रक्त परीक्षण र ३१० जनाको भिडियो एक्सरे गरिएको छ । त्यस्तै, दाँतमा समस्या भएका २९ जनाको दाँत फुकालिएको छ । शिविरमा उपचार सम्भव नभएका ५४ जना बिरामीलाई अप्रेशनका लागि अस्पताल रेफर गरिएको छ ।

केएमसीका सञ्चालकसमेत रहेका सांसद शर्माले रेफर भएका बिरामीलाई केएमसीमा निःशुल्क अप्रेसन गर्ने व्यवस्था मिलाइदिएका छन् । बिरामीलाई अस्पतालसम्म लैजाने व्यवस्था भने आठबीस नगरपालिकाले मिलाउनेछ ।

सांसद शर्माका अनुसार सो टोलीले बिहीबार दैलेखकै चामुण्डा बिन्द्रासैनी नगरपालिका र दुल्लु नगरपालिकामा पनि शिविर सञ्चालन गरेर बिरामीहरूको निःशुल्क उपचार गर्नेछ । कांग्रेस नेतासमेत रहेको सांसद शर्माले देशका विभिन्न जिल्लामा विशेषज्ञ डाक्टरको टोली पठाएर गरिब तथा विपन्न बिरामीको निःशुल्क उपचार गराउँदै आएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!