संगालोखबर सम्वाददाता

काठमाडौं । चितवन, बारा र तनहुँमा आज उपनिर्वाचन हुँदैछ । गत मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा बिजयी भएका व्यक्ति बिभिन्न कारणले पदमुक्त भएपछि तीन क्षेत्रमा उपनिर्वाचन गर्न लागिएको हो ।

Advertisement

बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएका छन् । बारा क्षेत्र नं.२ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति भए ।

चितवन क्षेत्र नं.२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता विवादका कारण सांसद पदमुक्त भएका छन् । रक्त पदपूर्तिका लागि उपनिर्वाचन गर्नुपर्ने कानूनी व्यवस्था भएकाले तीन वटै क्षेत्रमा उपनिर्वाचन गर्न लागिएको हो ।

चितवन क्षेत्र नम्बर २ मा रास्वपाबाट सभापति लामिछाने, नेकपा एमालेबाट रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसबाट जीतनारायण श्रेष्ठ उम्मेद्वार छन् । तनहुँ क्षेत्र नम्बर १ मा कांग्रेसले गोविन्द भट्टराई, नेकपा एमालेले सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीले डा.स्वर्णिम वाग्लेलाई उम्मेद्वार बनाएको छ ।

बारा क्षेत्र नम्बर २ मा एमालेका पुरुषोत्तम पौडेल, सत्ता गठबन्धनबाट जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाह, रास्वपाका रमेश खरेल र आम जनता पार्टीका अरुण ज्ञवाली प्रतिष्पर्धामा छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!