- ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)

बि.सं. २०७९ पुष २५ गते सोमबार ई.सं.२०२३ जनवरी ९ नेपाल सम्बत ११४३ पोहेलागा द्वितीया, नल नामक संवत्सर, सूर्य दक्षिणायन हेमन्त ऋतु, माघ कृष्ण द्वितीया, चन्द्रमा कर्कट राशिमा अश्लेषा नक्षत्र, विषकुम्भ योग, गर करण । नेपालमा सूर्र्याेदय बिहान ६ः५६ बजे, सूर्यास्त साँझ ५ः२५ बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरीर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ५५ मिनेट देखि ०८ बजेर १४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

Advertisement

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

सोच्ने शक्ति र निणर्यात्मक क्षमतामा कमी आउने दिन हो । आज हरेक कुरामा यो गरौं कि त्यो गरौं भन्ने अलमल हुनसक्छ । आक्रामक व्यवहारका कारण आफन्त वा शुभचिन्तकमा गलत प्रभाव पर्नसक्छ । साथीहरूले पनि तपाईंको क्रियाकलापको आलोचना गर्नेछन्, उता व्यक्तिगत स्वास्थ्यस्थितिप्रति पनि सचेत हुनुपर्छ । कार्यालयीय काम सजिलै सम्पन्न हुने र सन्तुष्टि लिन सकिने दिन हो, तर आज घरपरिवार वा आफन्तको भावनालाई समेट्न सकेमा थप सन्तुष्टि मिल्नेछ ।

बृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

सामूहिक काम वा सामाजिक क्रियाकलापमा संलग्न हुँदा फुर्सद पाइँदैन र लवमेटलाई छुट्टै समय दिन नपाउनाले वैचारिक मतभेद हुनसक्छ । कार्यक्षेत्रबाट राम्रो प्रतिफल प्राप्त हुने तथा देशपरदेशबाट शुभ समाचार सुन्न पाइने समय हो । कुनैकुनै काम सँगीसाथी र दाजुभाइको इच्छानुसार गर्नुपर्ने हुन्छ । कामप्रतिको समर्पण भावका माध्यमबाट ठूलो लाभ मिल्ने समय छ, साथै बोली र व्यवहारका बलमा सेवाग्राहीलाई आकर्षित तुल्याउन सकिने छ ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

सुखसुविधा बृद्धिका लागि विभिन्न सामाग्रीको किनमेल गरिने छ । दिन रमाइलो गरी बित्नेछ, खर्च बढे पनि मानसिकतामा त्यसको कुनै पनि प्रभाव पर्नेछैन । मौखिक अभिव्यक्ति, साहित्य, कला र मनोरञ्जनसँग सम्बन्धित विषयको ज्ञानप्राप्तिका लागि राम्रो समय देखिन्छ । आश मारेको कुनै वस्तु वा गुमेको धन फिर्ता आउने समय हो । आर्थिक हैसियत बृद्धि गर्न वा भौतिक सम्मृद्धि बढाउने सिलसिलामा सक्रियता बढ्न सक्छ ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

आत्मोन्नति र व्यक्तित्व विकासका लागि प्रयास गर्ने समय हो । त्यस्तै घरायसी सुखसुविधा, अचल सम्पत्ति र वाहनसुखका बारेमा समेत ध्यानकेन्द्रित हुनसक्छ । पार्टनरबाट तपाईंको भावना बुझी कार्य गर्ने प्रयास हुनेछ । एकान्तमा रमाउन पाउँदा सन्तोषको आभास हुनेछ । कामको बोझ धेरै नै हुन्छ, तर पनि समय र स्वास्थ्य अनुकूल हुनाले हाँकेरताकेका कार्य निर्बाध सम्पन्न हुनेछन् । आजको सानो प्रयासले धन, मान र ख्याति बढ्ने दिन हो ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हिसाबकिताब र लेनदेनमा सतर्कता अपनाउनु होला, गल्ला र सेफको सुरक्षामा समेत ध्यान दिनुपर्छ । नयाँ लगानी हो भने सोचेर कदम चाल्नुहोला । हिसाबकिताब बिग्रनाले तनाव बढ्ने समय छ, अझ आफन्त नै भए पनि साक्षीजमानी बस्नु वा लेनदेनको काम गर्नु ठीक हुँदैन । सोच्दै नसोचेको विषय वा क्षेत्रमा मन केन्द्रित हुनेछ । पढाइ छाड्ने वा फ्याकल्टी नै फेर्ने नकारात्मक सोचसमेत पलाउन सक्छ ।

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

पारिवारिक सुखमा अभिबृद्धि हुने तथा छोराछोरीबाट सन्तोष मिल्ने समय छ । ज्ञान वा अनुभवको प्रयोग गरी कुनै महत्त्वपूर्ण विषयमा लाभ लिन सकिने छ । लक्ष्य प्राप्तिका निमित्त थप परिश्रम गरी लाभ पाउने समय हो । विदेश जाने सपना सँगाल्नु भएको छ भने योजना बनाउँदा शुभ हुनेछ । तन्मय भएर कडा मिहिनेत गर्नसके कार्यक्षेत्रमा नचिताएको उपलब्धि पाउने दिन हो । परिवारजनको आवश्यकता वा छोराछोरीको उन्नतिप्रगतिका निमित्त केही व्ययभार बढ्न सक्छ ।

तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) व्यक्तित्व विकासका लागि प्रयास गर्ने समय हो, पार्टनरका तर्फबाट पनि कुनै खुसी हुने कुरा सुन्न पाइने छ र प्रसन्नता बढ्नेछ । वाहनसुखको योग छ वा महत्त्वपूर्ण भ्रमणको सङ्केत छ । घरबाट कुनै शुभ वा माङ्गलिक कर्म गर्नेबारेमा सन्देश पाउन सक्नुहुन्छ । कर्तव्यप्रति सचेत हुने तथा जिम्मेबारी बोध हुने राम्रो दिन छ । श्रम अलि बढी गर्नु परे पनि बेफाइदा नै त हुँदैन, तर पनि पारिवारिक सम्बन्ध निरस देखिन्छ ।

बृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

ज्ञानको भण्डार पूर्ण हुने तथा दार्शनिक भावना जाग्ने समय हो, साथीहरू र गुरुसँग छलफल गरेमा दिमागलाई अझ तिखार्न पाइने छ । हुन त घरपरिवार र साथीभाइको सहयोग गर्न तत्परता देखाउने समयावधि हो, तर पनि उनीहरूलाई आफ्नो कमजोरी र उदार स्वभावको फाइदा लिन दिनुहुँदैन । अचानक परिस्थिति फेरिएर इच्छाएको जिम्मेबारी प्राप्त हुनेछ । वैकल्पिक आम्दानीका निमित्त कुनै नयाँ कारोबारप्रति आकर्षण देखाएमा समेत लाभ पाउन सकिने छ ।

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

स्वास्थ्यमा कमजोरी र शरीरमा आलस्य जाग्नाले कारोबार प्रभावित हुने समय छ, अरुको करकापमा परेर काम गर्नुपर्ने परिस्थितिसमेत देखिन्छ । जोखिम र झञ्झट मोल लिएर काम गर्ने समय छ । काम गर्दा आफ्नै उपस्थितिमा गर्नुहोला अथवा लेखापढी गर्दा कागजपत्र पढेरमात्र सहीछाप गर्नुहोला । पार्टनरको चासो र चिन्तामा मात्र केन्द्रित हुने समय होइन, केही समय आफ्नो मनको खुसी र सुस्वास्थ्यका निम्ति छुट्याएको राम्रो हुन्छ ।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

किनमेलका क्षेत्रबाट लाभ हुनेछ । साझेदार र सहयोगीले पूणर्रूपेण सहयोग गर्नेछन् । कुनै प्रतिस्पद्र्धामा समेत सफलता हासिल हुनेछ । कलात्मक कार्य ९अभिनय, गायनरवादन, नृत्य, भिडियोरचलचित्रको काम, डेकोरेशन, ड्रेस डिजाइनिङ० जस्ता काम अथवा उपहार वा मनोरञ्जनका सामाग्रीमा राम्रो देखिन्छ । रूपसौन्दर्य र गहनागुरियामा आकर्षण बढ्नेछ, सिर्जनात्मक काम गीतसङ्गीत, नृत्यरअभिनय वा कला र साहित्यका विषयमा रूचि जाग्ने समय हो ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) कटुशब्दको प्रयोग र अर्काको आलोचना गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नु राम्रो हुन्छ । पारिवारिक जीवनमा देखिएको वैमनस्यताले पनि दिकदारी र तनाव बढ्न सक्छ । घरमा सम्पर्क राखी अपडेट हुनु ठीक हुन्छ । बेकरिङ, क्याटरिङ, फास्टफुड, माटोको सामाग्री, औजार, भाँडाकुँडा आदिका व्यवसायी खुसी हुने दिन हो, तर सेवाग्राहीको विश्वास जित्न केही समय लाग्नसक्छ । खिसीट्युरी गर्नेहरू प्रबल हुने दिन हो । हुन त तर्क र बहसमा विजय प्राप्त हुनेछ, तर घमण्ड र जिद्दीपना त्याग्नु होला, नत्र ठूलो कलहको वातावरण बन्नसक्छ ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) भावुक र संवेदनशील बन्न सकिन्छ तर पनि बौद्धिक क्षमता वा सीप बढाउने प्रयत्न गर्नुपर्छ । जस्तै चुनौतीपूर्ण काम भए पनि सफल भइने दिन हो । चिताएको काम बनाउन बुद्धिकौशल अर्थात् ट्रिकको प्रयोग गर्नुपर्ने दिन हो । समस्यामूलक कुनै काम छन् भने सिनियर स्टाफको होइन, जुनियर साथीको सहयोग लिनुपर्छ । आपसी सम्बन्धमा विश्वास र भरोसाको वातावरण बन्नेछ, एकान्तमा रमाउँदै भावना आदानप्रदान हुने समय हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!