वि.सं. २०७३ साल फागुन ७ गते। शनिबार। इश्वी सन् २०१७ फेब्रुवरी १८ तारिख। नेपाल संवत् ११३७ सिल्लागा। फागुन कृष्णपक्ष। तिथि– सप्तमी, ११:२५ बजेउप्रान्त अष्टमी।
 
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
बिहानी रमाइलो रहनेछ। विभिन्न उपहार प्राप्त हुनाले मन प्रसन्न हुनेछ। आयआर्जन पनि राम्रै होला। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। मध्याह्नपछि भने सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ। अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिएलान्। श्रमको मूल्य थोरै मात्र प्राप्त होला। उपलब्धिका लागि धेरै मिहिनेत गर्नुपर्ला ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
प्रयत्न गर्दा मनग्गे लाभ उठाउन सकिनेछ। भौतिक साधन जुट्नाले काममा उत्साह जाग्नेछ। प्रतिद्वन्द्वीहरू पराजित हुनेछन्। मध्याह्नदेखि रमाइलो जमघटका बीच आतिथ्यपूर्ण सम्मान प्राप्त होला। प्रियजनसँग भेटघाट हुनेछ भने यात्रा गर्ने अवसर जुट्न सक्छ। चिताएका काम बन्नाले प्रशस्तै धनलाभ हुनेछ। विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउला।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
अध्ययनमा प्रगति हुनेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। समयको मागलाई ध्यान पुर्याउन सक्दा प्रशस्तै फाइदा हुने समय छ। मध्याह्नपछि प्रातिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा अधिकार जमाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय आएको छ। आम्दानीका नयाँ स्रोतसमेत फेला पर्नेछन्।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
आँटेको काम तत्काल गर्न नसकिएला। अरूका लागि समय खर्चनुपर्ला। अस्वस्थताका बाबजुद जिम्मेवारी भने थपिनेछन्। आफ्नै कमजोर मानसिकताले पछि परिनेछ। चुनौती देखिए पनि मध्याह्नपछि सकारात्मक नतिजा प्राप्त होला। प्रयत्न गर्दा पदीय जिम्मेवारीसमेत प्राप्त हुने सम्भावना छ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्। मेहनतले लक्ष्यमा पुर्याउनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। नयाँ काम प्रारम्भ गर्ने मौका छ। मेहनतले मनग्य लाभ उठाउन सकिनेछ। मध्याह्नदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। आफन्तहरू टाढिने डरले सताउनेछ। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
धेरै बोल्नुभन्दा बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। परिस्थितिले निराश तुल्याउन सक्छ। मन दु:खी भए पनि कृत्रिम मुस्कान छर्न बाध्य भइनेछ। सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला। मध्याह्नदेखि रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्न सकिनेछ। प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। व्यापार तथा कृषिमा मनग्य धन लाभ हुनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। मध्याह्नदेखि सामाजिक उत्तरदायित्व हातलाग्न सक्छ। तर कामको चाप बढ्नाले थकित भइएला। आफ्नो काम स्थगित हुन सक्छ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। बलजफ्ती गर्ने बानीले हानि पुर्याउन सक्छ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
खर्च बढ्नुका साथै आर्थिक अभावले सताउन सक्छ। समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। छर–छिमेकमा असमझदारी बढ्ने योग देखिए पनि मध्याह्नपछि स्थितिमा सुधार आउनेछ। टाढाका साथीभाइको निम्तो प्राप्त हुन सक्छ। तर शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। अवसरले पछ्याए पनि स्वास्थ्य-समस्याले सताउन सक्छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
मेहनत गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ भने गरेका कामबाट सामान्य लाभ मिल्नेछ। ऋणमोचन हुने सम्भावना छ। मध्याह्नपछि र्इर्ष्या गर्नेहरूले फसाउन सक्छन्। सोखले फजुल खर्च बढाउन सक्छ। आलस्य गर्दा काम बीचैमा रोकिन सक्छ। अर्थ संग्रहमा बाधा पुग्नेछ। तापनि लगनशील बन्दा नियमित काम सम्पादन हुनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ। मध्याह्नदेखि र्इर्ष्या गर्नेहरूले फसाउन सक्छन्। सोखले फजुल खर्च बढाउन सक्छ। आलस्य गर्दा काम बीचैमा रोकिन सक्छ। अर्थ संग्रहमा पनि बाधा पुग्न सक्छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
अरूका काममा समय खर्चनुपरे पनि समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। स्वास्थ्यमा विशेष ध्यान पुर्याउनुहोला। मध्याह्नदेखि धेरैले साथ दिनेछन्। जिम्मेवारी हात पार्ने मौका छ। कीर्तिमानी काम गर्दै अरूलाई प्रभावित पारेर लाभ उठाउने समय छ। प्रतिष्ठित कामले आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्ने समय छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। मध्याह्नदेखि सामाजिक उत्तरदायित्व हातलाग्न सक्छ। तर समय अलि संघर्षपूर्ण नै रहनेछ। मेहनत गर्दा नयाँ कामको जिम्मेवारी प्राप्त हुनेछ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। सामान्य आम्दानी हुनेछ।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) – नेपाली पात्रो

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!