ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)

ई.सं. २०२२ अक्टोबर २९ नेपाल सम्बत ११४२ कछलाथ्व चतुर्थी, नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,कात्र्तिक शुक्ल पक्ष चतुर्थी तिथी, चन्द्रमा वृश्चिक राशिमा,ज्येष्ठा नक्षत्र,विष्टि योग,अतिगंड करण । नेपालमा सूर्र्याेदय बिहान ६ः११ बजे, सूर्यास्त साँझ ५ः२३ बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ७ बजेर ३५ मिनेट देखि ८ बजेर ५९ मिनेट सम्म छ । समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

Advertisement

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) –
धार्मिकरसामाजिक काममा समय दिनुपर्दा बाहिर अलमलिने दिन हो, तर पनि आफ्नो कामप्रतिको लगनशीलताका कारण कारोबारमा कुनै प्रभाव पर्नेछैन । आफन्त वा छरछिमेकको काममा खट्नुपर्ने समय छ, घरव्यवहारकै काममा पनि व्यस्तता रहनेछ, आज बहुप्रतीक्षित अभिलाषा र इच्छाको पूर्ति हुने दिन हो । परिश्रम र मिहिनेत गरेअनुरूप भाग्यबृद्धि गर्ने दिन हो, कुनै नजानेको जटिल समस्या छ भने प्रयास गर्नुहोला ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो ) –
धेरै बटुल्ने इच्छा गर्दा मूल धन नै गुमाउने परिस्थिति बन्नेछ, त्यसैले दुराशा र महत्त्वाकाङ्क्षालाई थाती राखी शान्त र संयम भई आफ्नो काममा निरन्तरता दिनु राम्रो हुन्छ । नकारात्मक र हीनभावको उदय हुनेछ, सकेसम्म सहकर्मीहरूसँग समन्वय गरी अघि बढ्नु होला । तर पनि दबाब वा करकापमा गरेको कामले भविष्यमा धोका हुनसक्छ । कुनै कुरालाई लिएर वैचारिक मतभेद हुनसक्छ, आफूलाई चित्त नबुझेको कुरामा ‘हँ मा हँ’ मिलाउनुभन्दा ‘नाइँ’ पनि भन्न सक्नुपर्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह ) –
दाम्पत्य जीवनमा किचलो र विवादको योग बनेको छ, लामो समयदेखि घरमा सम्पर्क छैन भने फुर्सद निकालेर कुराकानी गर्नु ठीक हुन्छ । आम्दानीका दृष्टिले कमजोर समय छैन, तर मन भावुक र चञ्चल बन्नसक्छ, त्यस्तै पारिवारिक प्रयोजनमा केही समय खर्च हुनसक्छ । गृहस्थी जीवन र पारिवारिक सुखको आत्मिक अनुभूति प्राप्त हुनेछ । पतिपत्नीले एकआपसमा एउटा सुखद अनुभूति साझा गर्ने दिन हो ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) –
आफूले गरेको मिहिनेतको राम्रो नतिजा हात पर्नेछ, यद्यपि आज स्वास्थ्यस्थिति र आरामप्रति सचेत बन्नु आवश्यक छ । शारीरिक थकान र बेचैनीको समय हो, अरुको समस्यामा चिन्ता गर्ने हुँदासमेत तनावमा बृद्धि हुनसक्छ । हरेक काममा सहनशक्ति बलियो बनाउनु पर्छ । स्वार्थका लागि सम्बन्ध गाँसी काम फुत्काउनेहरूसँग सतर्कता अपनाउनु होला, किनभने आज विवादास्पद जिम्मेबारी वहन गर्ने दिन हो ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) –
कामबाट फुर्सद निकालेर सङ्केत र हाउभाउको प्रयोग गरी कतै घुमघाममा निस्कने वा किनमेलमा जाने अनुकूलता मिल्नेछ । गाउँ, ठाउँ र घरपरिवारको सम्झनामा आजको केही समय व्यतीत हुने र मन एकतमासको बन्ने दिन हो । कुनै पनि काम गर्दा रिस्क वा जोखिम वहन गर्नु हानिकारक बन्नसक्छ । व्यापारमा परिवर्तन गर्ने वा नयाँ कारोबारप्रतिको आकर्षण बढ्नेछ । परिस्थिति आफ्नो पक्षमा नरहे पनि बुद्धि र ट्रिकको प्रयोग गरी लक्ष्यमा पुग्न सकिने दिन हो ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो ) –
तनाव र बोझलाई धैर्यताका साथमा व्यवस्थापन गर्ने दिन हो । ससाना कुरा र विषयमा झैझगडां र विवाद हुने लक्षण छ, एकान्तमा बस्नु वा अध्यात्मको आश्रय लिनु बेस हुन्छ । प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिने समय हो, अतः कुनै महत्त्वपूर्ण निणर्य लिनुअघि अनुभवी वा जानकार व्यक्तिको सल्लाह लिएर अघि बढ्नु होला । व्यक्तिगत प्रयोजनमा भन्दा पनि पारिवारिक खुसीलाई मध्यनजर गर्दै कुनै काम लुकाएर गर्नुपर्ने परिस्थिति छ, हिसाबकिताबको कुरा हो भने पछि हट्नु ठीक हुन्छ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते ) –
नयाँ योजना प्रारम्भ गर्न उत्तम समय छ, प्रयास गरेमा कार्यप्रणालीमा सकारात्मक परिवर्तन हुनेछ । पुराना साथीभाइ वा दौंतरीको काममा समेत दौडधूप गर्ने समय हो । फाल्तु कुरामा वा गफगाफमा बढी समय बिताउन सक्नुहुन्छ, तर पनि बुद्धिचातुर्य वा कूटनीतिक बुद्धिको उपयोग गर्दा आइपरेका समस्यालाई हल गर्न सकिने छ । नयाँ एवं पुराना मित्रसित भुलिनाले पार्टनरलाई समय प्रदान गर्न सकिंदैन, तर कुनै व्यक्तिगत कार्य सम्पन्न हुने दिन छ ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) –
सोचेभन्दा बढी धन कमाउने चाँजो मिल्नेछ, तर इज्जत धान्न वा आडम्बर देखाउने क्रममा धन खर्च गर्नसमेत मन हौसिने परिस्थिति छ । जीवनसाथी र परिवारका सदस्यहरूबाट अपेक्षित सहयोग एवं सद्भाव मिल्ने दिन छ, कुनै आर्थिक समस्या छ भने प्रयास गरेमा हल हुने समय हो । अध्ययनप्रतिको लगावले व्यक्तित्व विकासको सुअवसर मिल्नेछ, आजको मिहिनेतले प्रतिस्पद्र्धाको दौडमा अग्रणी हुन सकिने छ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे ) –
एकआपसमा अहङ्कार र एटिच्युडको प्रवेश हुनु राम्रो होइन, आज जीवनसाथीसँग कुनै पनि कुरो नलुकाउनु होला, नत्र भविष्यमा कलहको बीजारोपण हुनसक्छ । अरुले के गर्दैछन् र के सोच्दैछन् भन्ने चिन्ता गर्ने होइन, बरु आफ्नो कहाँ कमजोरी छ पत्ता लगाएर अघि बढ्ने समय हो । नयाँ उत्साह जाग्ने समय हो, खुसी र प्रसन्नताको सीमा हुनेछैन । विजय र सफलताले जताततै पछ्याउन सक्छ तर अहङ्कारबाट टाढा रहनु राम्रो हुनेछ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि ) –
चुनौती र जोखिम झेल्ने समय छ । बरु टार्न सकिने ठाउँ छ भने काम स्थगित गरी दिमागी उलझन कम गर्नु तथा विश्राम लिनु जाती हुन्छ । आनन्दप्राप्तिका लागि एकअर्काको कमजोरी खोतल्ने काम गर्नु हुँदैन, एकआपसमा समर्पित हुनुपर्छ भन्ने धारणा राख्नु राम्रो हुन्छ । खर्चको मात्रा बढ्नुका साथै वैचारिक अस्थिरता देखिने दिन छ, तथापि सँगीसाथीको मद्दत लिएर हिम्मतका साथमा प्रयास गरेमा पेसागत र व्यवसायिक परिस्थितिमा सुधार आउने छ

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द ) –
कामविशेषले देशरविदेशको यात्राको अवसर पाइने छ, प्रयत्न गर्दा पदोन्नति हुने वा विशेष जिम्मेवारी पाउन सकिने समय हो । सकारात्मक बन्ने प्रयास गर्नुहोला किनभने आपसी समन्वय त्यस्तो उज्यालो बन्नसक्छ, जसले निराशा र छटपटीको अन्धकारलाई हटाउनेछ । मोटो धनमाल हातपार्ने समय हो, इच्छा पूर्ति गर्न वा शारीरिक सुख प्राप्त गर्ने बहानामा केही धन खर्च पनि हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि ) –
दैनिक कामकाज सम्पन्न गर्न निकै धपेडी गर्ने वेला छ, कुनै काम गर्दा बाधा वा अवरोध पनि हुनसक्छ, तर दोहोर्याएर प्रयास गरेमा थालेको कामले पूणर्ता पाउनेछ । भाग्य भरोसामा रहने होइन, स्वयं आफूलाई विश्वास गर्ने समय हो, परीक्षाको तैयारी गर्दै हुनुहुन्छ भने उत्तम परिणाम प्राप्त हुनेछ । आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ । कुनै कुरामा दुविधा भएमा घरपरिवारका बृद्ध सदस्यहरूसँग छलफल गरी अघि बढेमा काम गर्न सहजता हुनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!