शेरधन राईलाई लक्षित गरी गाडीमा बम प्रहार भएपछि एमाले गंभीर, ओलीले जारी गरे विज्ञप्ति

शेरधन राईलाई लक्षित गरी गाडीमा बम प्रहार भएपछि एमाले गंभीर, ओलीले जारी गरे विज्ञप्ति

काठमाडौं, २८ कात्तिक । नेकपा एमालेका प्रदेश नम्बर १ का सहसंयोजक तथा  भोजपुर १ का प्रदेश सभा  सदस्य उम्मेदवार शेरधन राईमाथि आज भएको आक्रमणको नेकपा एमालेले कडा शब्दमा निन्दा गरेको छ । एमालेका अध्यक्ष केपी ओलीले एक विज्ञप्ति जारी गर्दै राईमाथि भएको  सांघातिक आक्रमणलाई  पार्टीले गम्भीरतापूर्वक लिएको बताएका छन् । उनले आक्रमणलाई आफूले सिंगो एमालेपार्टीपंक्तिमाथिको आक्रमणको रुपमा लिएको भन्दै  घटनामा ...
एमाले नेता राजेन्द्र गौतम सहित ४ नेता चढेको गाडी एम्बुसमा पर्याे

एमाले नेता राजेन्द्र गौतम सहित ४ नेता चढेको गाडी एम्बुसमा पर्याे

संखुवासभा, २८ कात्तिक । बामगठबन्धनका ४ जना नेता सवार गाडी एम्बुसमा परेको छ । मंगलबार चुनावी सभालाई सम्बोधन गर्नका लागि धुपुबाट बाह्रबिसे जाँदै गरेको गाडी एम्बुसमा परेको हो । एम्बुस बिस्पोटका कारण गाडीमा सामान्य क्षति पुगेको बताइएको छ । गाडीमा एमाले नेता राजेन्द्र गौतम, समानुपातिक सभासद् इन्दिरा मिश्र ‘चेतना’, माओवादी केन्द्रका नेता राजेन्द्र कार्की ‘नबिन’ र पूर्ण राईसहित सवार रहेको जानकारी प्रा...
भोजपुरमा शेरधन राई सवार गाडीमा बम प्रहार

भोजपुरमा शेरधन राई सवार गाडीमा बम प्रहार

भोजपुर, २८ कात्तिक । भोजपुर क्षेत्र नम्बर–२ का बाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार एवं पूर्व सञ्चार मन्त्री शेरधन राई सवार गाडीमा आज बिहान बम प्रहार भएको छ । ट्याम्केमैयु गाउँपालिका–७ को दलगाउँ र कोटको सीमा क्षेत्र स्थित पिखुवा खोलामा बिहान करिव १० बजे राई सवार गाडीमा बम प्रहार भएको प्रहरीले जनाएको छ । बम प्रहारबाट ल्याण्डरोभर गाडीमा क्षति पुगेको भएपनि उम्मेद्वार राई सकुसल रहेको भोजपुर प्रहर...
बुढी गण्डकीको सम्झौता खारेजपछि बाबुरामको प्रतिक्रिया : अब अनियमिता गर्नेहरुलाई कारवाही गरौँ

बुढी गण्डकीको सम्झौता खारेजपछि बाबुरामको प्रतिक्रिया : अब अनियमिता गर्नेहरुलाई कारवाही गरौँ

काठमाडौँ, २८ कात्तिक । चिनियाँ कम्पनी गेजुवासँग तत्कालिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले बुढी गण्डकी आयोजना निर्माणबारे गरेको सम्झौता सोमबार बसेको मन्त्रीपरिषद् बैठकले रद्द गर्ने निर्णयको नयाँ शक्ति नेपालले स्वागत गरेको छ । नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले सम्झौता खारेज भएपछि पार्टीले लिएको अडान पुष्टि भएको दाबी गरेका हुन् । सम्झौताका दौरान अनियमितत...
प्रचारमा जाँदा भिरबाट लडेर मृत्यु

प्रचारमा जाँदा भिरबाट लडेर मृत्यु

खोटाङ, २८ कात्तिक । नेपाली काँग्रेसका उम्मेदवारलाई भोट माग्न गएका राप्रपा खोटाङका जिल्ला सदस्यको भिरबाट लडेर मृत्यु भएको छ । आगामी मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ काँग्रेस उम्मेदवारलाई सघाउने पार्टीले निर्णय गरेपछि भोट माग्न गएका राप्रपाका जिल्ला सदस्य केशरमान विश्वकर्माको गएराति भिरबाट लडेर मृत्यु भएको हो । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी घर भएका ४९ वर्षीय...
काँग्रेसद्वारा आतंककारीलाई संरक्षणः दाहाल

काँग्रेसद्वारा आतंककारीलाई संरक्षणः दाहाल

चितवन, २७ कात्तिक । चितवन क्षेत्र नं. ३ मा बाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले रोल्पामा सो पार्टीका उम्मेद्वारमाथि भइरहेका हमला नेपाली काँग्रेसलाई सहयोग पुर्‍याउने नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको आरोप लगाएका छन्। आफ्नो निर्वाचन क्षेत्र शिवनगरमा हालै मात्र भाडामा लिएको घ...
माओवादीका वाईसीएल र क्रान्तिकारीको धम्कि आक्रमण नरोकिए प्रतिकार गर्छौं

माओवादीका वाईसीएल र क्रान्तिकारीको धम्कि आक्रमण नरोकिए प्रतिकार गर्छौं

काठमाडौं, २७ कात्तिक । माओवादी केन्द्र निकट वाईसीएल र अखिल (क्रान्तिकारी)ले त्रसादीपूर्ण धम्कि दिएका छन् । आफ्ना नेताहरुमाथि आक्रमण नरोकिएमा आफुँहरुपनि खतरनाक प्रतिकारमा उत्रिने चेतावनी दिएका छन् । उनीहरुले चुनावी अभियानमा रहेका नेता, कार्यकर्ता र जनताको सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग पनि गरेका छन् । वाईसीएल अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपशिखा’ र अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित ताम...
हिन्दूराष्ट्र पुनःस्थापनाको लागि भन्दै पशुपतिमा पूजापाठ

हिन्दूराष्ट्र पुनःस्थापनाको लागि भन्दै पशुपतिमा पूजापाठ

काठमाडौँ, २७ कात्तिक ।  एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले मुलुकमा हिन्दू राष्ट्रको माग गर्दै पशुपतिनाथको मन्दिरमा विशेष पूजा गरेको छ । आज पार्टी अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले मन्दिर परिसरमा पूजा शुभारम्भ गर्दै मुलुकमा पाँच हजार वर्ष पुरानो हिन्दू सभ्यता र संस्कृतिको अभ्यासलाई निरन्तरता दिन हिन्दू राष्ट्र कायम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । अध्यक्ष लोहनीले देशमा बढ्दै गए...
चुनावको मुखमा  प्रचण्ड सरकारको निर्णय उल्ट्याइयो : ज्ञानेन्द्रले ढाँटे, कमलले पोल खोले

चुनावको मुखमा प्रचण्ड सरकारको निर्णय उल्ट्याइयो : ज्ञानेन्द्रले ढाँटे, कमलले पोल खोले

काठमाडौं, २७ कात्तिक ।  शेरबहादुर देउवा नेतृत्वको सरकारले निर्वाचनका मुखमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गरेका महत्वपुर्ण निर्णय उल्ट्याएको छ । देउवा सरकारले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजना निर्माण चिनियाँ कम्पनीलाई दिने प्रचण्ड नेतृत्वको सरकारले गरेको निर्णय सोमबार खारेज गरेको हो । व्यवस्थापिका संसदका विभिन्न संसदीय समितिको निर्देशन बमोजिम भन्दै सरकारले पुर्ववर्ति...
मतदाताको गोठमा गाई दुहुदै भोट मागे रवीन्द्र अधिकारीले

मतदाताको गोठमा गाई दुहुदै भोट मागे रवीन्द्र अधिकारीले

पोखरा, २७ कात्तिक । कास्की क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रवीन्द्र अधिकारीले घरदैलोको क्रममा मतदाताको घरमा गाई दुहेका छन्। पोखरा लेखनाथ महानगरपालिकाको मासपारमा आइतबार घरदैलोको क्रममा गाई दुहेका हुन्। निर्वाचनमा मत आफ्नो पक्षमा पार्न उम्मेदवारले जनतालाई काममा सहयोग गर्ने गरेका छन्। अधिकारीले पनि उनले चुनावी अभियान अन्तर्गत घरदैलो कार्यक्रमलाई तिव्र बनाएका छन्। उनीसंगै प्र...
राप्रपालाई बोकेर कांग्रेसले गणतन्त्रप्रतिको प्रतिबद्धता भूल्न खोज्यो : प्रचण्ड

राप्रपालाई बोकेर कांग्रेसले गणतन्त्रप्रतिको प्रतिबद्धता भूल्न खोज्यो : प्रचण्ड

चितवन, २७ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले गणतन्त्रप्रतिको प्रतिबद्धता भुल्न खोजेको आरोप लगाएका छन्। पश्चिम चितवनको पार्वतीपुरमा सोमबार भएको चुनावीसभालाई सम्बोधन गर्दै प्रचण्डले राजतन्त्र पक्षधर राप्रपालाई बोकेर अघि बढ्नु कांग्रेसको गल्ती भएको बताएका हुन्। राजा फाल्न र गणतन्त्र ल्याउन संघर्ष गरेको कांग्रेसले हलोमा भोट हाल्दा बिपी र गणेशमानकोस...
नगर प्रमुखको घर–जग्गा विप्लव समुहको नियन्त्रणमा

नगर प्रमुखको घर–जग्गा विप्लव समुहको नियन्त्रणमा

खोटाङ, २७ कात्तिक । नेपाल कम्यूनिष्ट पार्टी खोटाङले हलेसी–तुवाचुङ नगरपालिकाका नगर प्रमुख इबन राईको घर–जग्गा तथा सम्पत्ति नियन्त्रणमा लिएको घोषणा गरेको छ । गुण्डा र पैसाको बलमा चुनाव जितेर देश लुट्न लागि परेका नगर प्रमुख राई दलाल संसदीय व्यवस्थाको मतियार बनेको भन्दै शनिबार राती बिज्ञप्ति टाँसेर नेकपाले उक्त घोषणा गरेको हो । साबिकको मंगलटार–ं२ पर्ने हलेसी तुवाचुङ नगरपालिका–६ का नगरप्रमुख राईको न...
रसुवामा दुई व्यवसायीको भिडन्त : नयाँ शक्तिको मत निर्णायक !

रसुवामा दुई व्यवसायीको भिडन्त : नयाँ शक्तिको मत निर्णायक !

रसुवा, २७ कात्तिक । मतदानको मिति नजिक आउँदै गर्दा रसुवामा वाम तथा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच कडा टक्कर पर्ने देखिन थालेको छ । दुवै पक्षले आफ्नो जित सुनिश्चित भएको दावी गर्दै नेता, कार्यकर्ता र उम्मेदवार सहित गाउँ गाउँमा भोट माग्ने अभियानलाई तिव्र बनाउनुका साथै चुनावी सभा गरेर शक्ति प्रर्दशन गरिरहेका छन् । केरुङ नाकाको कारण सधैं चर्चामा आइरहने रसुवा जिल्लामा यो पटकको निर्वाचन विगतको भन...
उदयपुरमा ६ उम्मेदवारको घरमा कालो झण्डा : एक पक्राउ

उदयपुरमा ६ उम्मेदवारको घरमा कालो झण्डा : एक पक्राउ

 उदयपुर, २६ कात्तिक । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा उम्मेदबार बनेका ६ जनाको घरमा कालो झण्डा राखेको छ । ‘दलिय संसदिय व्यवस्था मुर्दावाद, कथित संघ र प्रदेशको निर्वाचन खारेज गरौं ।’ जस्ता नारा लेखेको उम्मेदबारहरुको घरमा कालो झण्डा राखिएको छ । उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै घरमा कालो झण्डा राखेको अभियोगमा प्रहरीले नेकपा...
वर्षमान पुनलाई लक्षित गर्दै रोल्पामा गोली प्रहार

वर्षमान पुनलाई लक्षित गर्दै रोल्पामा गोली प्रहार

रोल्पा, २६ कात्तिक । चुनाव प्रचारमा हिँडेका नेकपा माओवादीका नेता वर्षमान पुनलाई लक्षित गर्दै अज्ञात समूहले गोली चलाएको छ। चुनावी कार्यक्रममा सहभागि हुन राङसेबाट इरिवाङ जाँदै गरेका पुनमाथि अज्ञान समूहले दुइखोली खोला नजिक एक राउन्ड गोली चलाएको थियो। त्यसको जवाफमा उनको सुरक्षामा खटिएका प्रहरीले ८ राउन्ड गोली चलाएका थिए। इरिवाङ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दको गाउँ हो। ...
लोकतान्त्रिक शक्तिहरुबीचको एकताले काँगेसको जित सुनिश्चत : लेखक

लोकतान्त्रिक शक्तिहरुबीचको एकताले काँगेसको जित सुनिश्चत : लेखक

कंचनपुर, २६ कात्तिक । काँग्रेस नेता रमेश लेखकले जिल्लामा भएको लोकतान्त्रिक शक्तिहरुबीचको एकताले काँगेसको जित सुनिश्चत भएको दावी गरेका छन् । कंचनपुर ३ बाट प्रतिनीधिसभाका लागि उम्मेदवार रहेका नेता लेखले विगतक निर्वाचनमा जस्तै यसपाली पनि काँग्रेसको जितलाई कसैले रोक्न नसक्ने बताए । हिजो मात्र कंचनपुरमा काँग्रेस, राप्रपा र राप्रपा प्रजातान्त्रिकबीच चुनावी तालमेलवारे संयुक्त पत्रकार सम्मेलन भएको थिय...
इलामलाई पर्यटकीय जिल्लाका रूपमा अघि बढाउने खनालको योजना

इलामलाई पर्यटकीय जिल्लाका रूपमा अघि बढाउने खनालको योजना

इलाम, २६ कात्तिक । नेकपा(एमाले)का वरिष्ठ नेता झलनाथ खनालले आसन्न निर्वाचनमा बाम गठबन्धनले स्पष्ट बहुमत प्राप्त गर्ने जिकिर गर्नुभएको छ ।  माई नगरपालिका– १० मा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै नेता खनालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनले दुई तिहाइ बहुमत प्राप्त गरेर मुलुकलाई समाधान दिने बताउनुभयो । “वाम गठबन्धन अब एकताको प्रक्रियामा अघि बढेको छ, एकता हुने भएपछि दक्षिणपन्थी र...
मंसिर ९ गते एकता हुने/नहुनेवारे बोले ओली, के भने ?

मंसिर ९ गते एकता हुने/नहुनेवारे बोले ओली, के भने ?

झापा, २६ कात्तिक । एमाले र माओवादीबीच मंसिर ९ गते नै पार्टी एकता हुने विषयमा आएका समाचारको एमाले अध्यक्ष केपी ओलीले खण्डन गरेका छन् । एमाले अध्यक्ष ओलीले मंसिर ९ गते पार्टी एकीकरणको कुनै कार्यक्रम नरहेको स्पष्ट पारेका छन् । झापाको गौरादहमा आइतबार बिहान भएको चुनावी कार्यक्रममा ओलीले भने,  ‘बिहानै साथीहरुले एकीकरणको कुरा सुनाउनुभयो, यो कहाँबाट आयौ खै । मैले प्रचण्डजीलाई फोन गरेर पनि सोधें, उहाँला...
मुलुकको अस्तित्व जोगाउन लोकतन्त्रवादीले जित्नुपर्छ : प्रधानमन्त्री

मुलुकको अस्तित्व जोगाउन लोकतन्त्रवादीले जित्नुपर्छ : प्रधानमन्त्री

सोलुखुम्बु, २६ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले पासाङ ल्हमुलाई आफैँ सरकार प्रमुख हुँदा राष्ट्रिय विभूति घोषणा गरी शेर्पा समुदायको सम्मान गरेको बताएका छन् । आज बिहान सोलुखुम्बुको लुक्लामा आयोजित कांग्रेस कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपालको ऐतिहासिक आदिवासी शेर्पा समुदायको नेपाली कांग्रेसले सधैँ कदर गर्ने बताए । यो पटकको चुनावमा पनि अन्य कुनै पार्ट...
रामचन्द्र पौडेलको ‘प्रधानमन्त्री’ सपना यस्तो छ

रामचन्द्र पौडेलको ‘प्रधानमन्त्री’ सपना यस्तो छ

दमौली बजारको केन्द्रमा चार तलाको घर छ । त्यही घरको छतमा शनिबार बिहान कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल चुनावी प्रचारमा निस्कने हतारोमा थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार ताप्लेजुङको चुनावी सभामा जान पौडेललाई आग्रह गरेका थिए । तर, आफ्नो क्षेत्रको कार्यक्रम छुटाउन सक्दिनँ भन्दै उनले देउवाको अनुरोध अस्वीकार गरे । र, व्यास नगरपालिकामा मत माग्न हिँडे । पौडेलमाथि मुलुकभर कांग्रेसल...
एमाले र माओवादी केन्द्रबीच मंसिर ९ मा पार्टी एकीकरण

एमाले र माओवादी केन्द्रबीच मंसिर ९ मा पार्टी एकीकरण

काठमाडौं– वाम गठबन्धनको नारा लिएर चुनावी मोर्चामा होमिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्र १० मंसिरमा हुने पहिलो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअगावै पार्टी एकीकरण हुने भएको छ । निर्वाचनमा गठबन्धन गरी देशैभर उम्मेदवारी दिएका दुई पार्टीबीच भावनात्मक रूपमा एकताको भावना मजबुद बन्दै गएको निष्कर्षसहित शीर्ष नेताहरूबीच ९ मंसिरमा पार्टी एकीकरण घोषणाको अन्तिम तयारी भइरहेको हो । निर्वाचन आयोग...
महराले भने : केरुङबाट लुम्बिनी आउने रेललाई दाङ ल्याउँछु

महराले भने : केरुङबाट लुम्बिनी आउने रेललाई दाङ ल्याउँछु

दाङ, २५ कात्तिक । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले केरुङबाट लुम्बिनी आउने रेल दाङ ल्याउने बताएका छन्। नेपाल राष्ट्रिय वाणिज्य संघ र नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनले घोराहीमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै महराले लुम्बिनीसम्म आउने रेलमार्गलाई दाङ ल्याउन आफूले पहल गर्ने बताएका छन्। चीन भ्रमणका क्रममा रेल नेपाल ल्याउनका लागि त्यहाँको सरकारसंग सम्झौता गरेको बताउँदै उनले दाङ...
पूर्वसभामुख नेम्वाङसँग भिड्दै अठहत्तर वर्षीय वृद्ध

पूर्वसभामुख नेम्वाङसँग भिड्दै अठहत्तर वर्षीय वृद्ध

इलाम, २५ कात्तिक । मंसिर २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा इलाम क्षेत्र नं २ बाट एकजना वृद्धले उम्मेदवारी दिनुभएको छ । चुलाचुली गाउँपालिका–३ हात्तीढुंगेका ७८ वर्षीय दलबहादुर राई राष्ट्रिय जनता पार्टीका तर्पmबाट पूर्वसभामुख सुवास नेम्वाङसँग चुनाव लड्दै हुनुहुन्छ । उक्त क्षेत्रमा पूर्वराज्यमन्त्री केशव थापा नेपाली काँग्र्रेसबाट उम्मेदवार हुनुहुन्छ । जिल्लाका उम्मेदवारमध्ये सब...
विपी कोइरालाकी भान्छे, फेवानगरकी प्रतिस्पर्धी

विपी कोइरालाकी भान्छे, फेवानगरकी प्रतिस्पर्धी

पोखरा, २५ कात्तिक । भर्खरै विघटित प्रतिनिधिसभाकी सदस्य हुन् शारदा पौडेल। पोखराको पुरानो बस्ती बगरकी बासिन्दा पौडेल आउँदो निर्वाचनमा कास्कीबाट ठूला दलबाट उम्मेदवार बनेकी एक्ली महिला हुन्। अघिल्लो पटक संविधानसभा सदस्य बनेकी उनलाई नेपाली कांग्रेसले कास्की–३ (१) बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनाएको छ। उनको प्रतिष्पर्धी छन्, वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रबाट उम्मेदवारी पाएका फेवाताल पारिका...
चुनाव प्रचारका लागि झापा घुमेर चुलाचुली पसे नेम्वाङ

चुनाव प्रचारका लागि झापा घुमेर चुलाचुली पसे नेम्वाङ

दमक, २५ कात्तिक । इलाम क्षेत्र नं. २ बाट प्रतिनिधिसभाको निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङ झापालाई फन्को लगाएर चुनावी प्रचारको अभियानमा जुटेका छन्। इलामको दक्षिण पश्चिमी भूगोल र सदरमुकाम बीच सोझो सडक सञ्जाल नभएका कारण झापको फेरो मारेर धाउनुपर्ने बाध्यता छ। उनी सोही क्षेत्रबाट ३ पटक प्रतिनिधिसभाको निर्वाचनमा निर्वाचित भइसकेका छन्। इलामका बिभिन्न गाउँमा चुन...
आफैमाथि हानिएको बम हेरेपछि अनन्तले भने- तर्साउने खालको रहेछ

आफैमाथि हानिएको बम हेरेपछि अनन्तले भने- तर्साउने खालको रहेछ

रोल्पा, २५ कात्तिक । हिजो रोल्पाको सुकीदहको सुखाओढार बजारमा वामगठबन्धनको चुनावी सभा थियो। सभा सकिएपछि हामी विहान त्यहीँ बस्यौँ। सभाकै क्रममा रोल्पामा वामगठबन्धनको तर्फबाट प्रतिनिधि सभा उमेदवार रहनु भएका वर्षमान पुन ‘अनन्त’ र रोल्पा ख’ का उम्मेदवार दीपेन्द्र पुन ‘सिजल’ बीच कुराकानी भएछ, ‘रुकुममा जनार्दन शर्मा ‘प्रभाकर’ माथि वम प्रहार भएछ। रोल्पामा पनि यस्ता घटना हुनसक्छन्।’ आज विहानै चिया–रोटी ...
कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै ओलीले भने-कांग्रेसको गठबन्धन लुटतान्त्रिक गठबन्धन

कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै ओलीले भने-कांग्रेसको गठबन्धन लुटतान्त्रिक गठबन्धन

झापा, २५ कात्तिक । एमाले अध्यक्ष तथा वाम गठबन्धनका नेता केपी शर्मा ओलीले  नेपाली कांग्रेसको नेतृत्वमा बनेको लोकतान्त्रिक गठबन्धलाई ‘लुटतान्त्रिक गठबन्धन’ गठबन्धनको संज्ञा दिएका छन् । शनिबार बिहान झापा क्षेत्र नम्बर १ मा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै ओलीले वामपन्थी भनेकै लोकतान्त्रिक शक्रि भएको समेत दाबी गरे । उनले भने, ‘ हामी नै लोकतान्त्रिक शक्ति हौँ, कांग्रेस पनि लोकतान्त्रि...
चुनावी अभियान सुरु गर्न प्रधानमन्त्री देउवा ताप्लेजुङ जाँदै

चुनावी अभियान सुरु गर्न प्रधानमन्त्री देउवा ताप्लेजुङ जाँदै

काठमाडौं, २५ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वी पहाडको ताप्लेजुङबाट चुनावी अभियान सुरु गर्ने भएका छन्। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवाले शनिबार ताप्लेजुङमा कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। प्रम देउवाका सञ्चार विज्ञ गोविन्द परियारका अनुसार पहिलो चरणमा मंसिर १० गते हुने चुनावमा पार्टीलाई भोट माग्न देउवा पूर्वी पहाड जान लागेका हुन्। शनिबार ताप्लेज...
लालपूर्जाविहिन नागरिकसँग प्रचन्ड

लालपूर्जाविहिन नागरिकसँग प्रचन्ड

चितवन, २५ कात्तिक । माओवादी केन्द्रका अध्यक्ष तथा चितवन निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेद्वार प्रचण्डले  पश्चिम चितवनका बर्षौदेखि बसोबास गर्दै आएका लालपूर्जा बिहिन सुकुम्बासीको पक्षमा आफू रहेको बताउदै अब बन्ने बाम गठबन्धनको बलियो सरकारले यि समस्या समाधान गरिछाड्ने बताएका छन् ।  उनले भने–मलाइ थाहा छ तपार्इँहरूले जग्गाधनी पूर्जा पाउनुभएको छैन ,अब ढुक्क हुनुस् तपाइहरूले पूर्जा पाउनुहुन्छ। ’ सुकु...
झापाको चुनावबारे ५ रोचक प्रसंग : हारेकालाई मौका, विजेतालाई विश्राम

झापाको चुनावबारे ५ रोचक प्रसंग : हारेकालाई मौका, विजेतालाई विश्राम

दमक, २४ कात्तिक । आसन्न संघ तथा प्रदेश सभा निर्वाचनका लागि झापाका केही अनुभवी र ‘हेभी वेट’ अनुहार पनि मतदातामा सीमित बनेका छन्। यसअघि निर्वाचन जितेका अधिकांश अनुहार यस पटक रिङ बाहिर रहे। मुख्य दुई गठबन्धन वाम र लोकतान्त्रिकबाट यसअघि निर्वाचन जित्दै आएकाहरुले पनि अवसर पाएनन्। दुवै गठबन्धनले बरु यसअघि निर्वाचन हारेकाहरुलाई अवसर दिएका छन्। दुवै गठबन्धनका नेताहरु खुरुखुरु उम्मेदवार बनिरहे पनि अरु के...
मोरङबाट नेकपाका मेची अञ्चल ईन्चार्ज पक्राउ

मोरङबाट नेकपाका मेची अञ्चल ईन्चार्ज पक्राउ

ताप्लेजुङ, २४ कात्तिक । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीका मेची अञ्चल ईन्चार्ज सुमनलाई प्रहरीले मोरङबाट पक्राउ गरेको छ । मंसिरमा हुने निर्वाचन खारेजी अभियान चलाइरहेका ४० वर्षीय सन्तोष पतन्वा सुमनलाई विहीवार साँझ उपचारका क्रममा न्युरो अस्पताल विराटनगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । कात्तिक १६ गते पाँचथरको सिंहापुरमा मोटरसाइकल दुर्घटनमा घाइते ईन्चार्ज सु्मन...
error: Content is protected !!