विदेशको कमाइले ‘सुपरमार्केट’ सञ्चालन
दाङ, २४ भदौ । पछिल्लो समय दाङमा सुविधासम्पन्न पसल(सुपरमार्केट) खुल्ने क्रम बढेको छ । एउटै छातामुनि सम्पूर्ण दैनिक उपभोग्य वस्तु तथा सेवा प्राप्त गर्न सक्ने गरी सुपरमार्केट सञ्चालन भएका छन् ।
दाङमा अहिलेसम्मकै ठूलो लगानीमा टि–मार्ट सञ्चालन भएको छ । घोराही उपमहानगरपालिका–१५ को भिग्रेली चोकमा दुई युवाले संयुक्त लगानीमा टि–मार्ट सञ्चालन गरेका छन् ।
घोराही–२ का टीकाराम रावत र घोराही–१८ का पूर्णबहादुर...































