सुन्दरहरैचामा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा ५ घाईते

सुन्दरहरैचामा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा ५ घाईते

मोरङ, २९ मंसिर । मोरङको सुन्दरहरैचा–७ स्थित पूर्व पश्चिम राजमार्गमा गएराती बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा चालकसहित ५ जना घाईते भएका छन् । इलामबाट बिरामी लिएर धरान आउँदै गरेको मे.१ च.१२९५ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई राति करिव १ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी एम्बुलेन्स चालक इलाम नगरपालिका–६ का ३० बर्षीय सुनिल राई गंभीर घाईते भएका छन् । त्यस्तै सोही ठाउँका २१...
२०७४ मसिर २९ गते शुक्रबारको राशिफल

२०७४ मसिर २९ गते शुक्रबारको राशिफल

मेष– प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् । वृष– व्यावसायिक काममा पनि त्यत्ति फाइदा नहोला। काममा अवरोध आउन सक्छ । मिथुन– सोचेको काम सजिलै सम्पादन हुनाले मन प्रसन्न रहनेछ । प्रियपात्रसँग भेटघाट हुनुका साथै दिन रमाइलो बन्नेछ । कर्कट– अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। अप्रिय समाचारले मन ...
नवराज सिलवाललाई कारबाही गर्नु पर्ने सर्वोच्चको ठहर

नवराज सिलवाललाई कारबाही गर्नु पर्ने सर्वोच्चको ठहर

काठमाडौ, २८ मंसिर । सर्वोच्च अदालतले नेकपा एमालेका नव निर्वाचित सांसद एवं तत्कालिन प्रहरी नायव महानिरीक्षक (डिआइजी) नवराज सिलवालले बढुवाका लागि प्रस्तुत गरेको कार्य सम्पादन मुल्याङ्कन गलत रहेको ठहर गर्दै कारवाही गर्न आदेश गरेको छ। सिलवालले सरकारी कागज किर्ते गरेको सम्बन्धमा परेको मुद्दामा अदालतले हालै तयार पारेको फैसलाको पूर्ण पाठमा तत्कालिन प्रहरी नायव महानिरीक्षक नवराज सिलवालले सर्वोच्च अदालत...
७ नम्बर प्रदेशको राजधानी डडेल्धुरामा राख्न माग

७ नम्बर प्रदेशको राजधानी डडेल्धुरामा राख्न माग

डडेल्धुरा, २८ मंसिर । प्रदेश नम्बर ७ को राजधानी डडेल्धुरामा हुनुपर्ने भन्दै डडेल्धुरामा आन्दोलन सुरु भएको छ । सरकारले ७ नम्बर प्रदेशको राजधानी कैललालीको धनगढी तथा डोटीको दिपायल कुन ठाउँमा हुने भन्ने विषयमा आधिकारीक निर्णय नगरेकाबेला डडेल्धुराका नगरिक अगुवा तथा व्ययापारीहरुले डडेल्धुरामा बुधबारदेखि निरन्तर आन्दोलन गर्दे आएका छन् । उद्योग बाणीज्य संघका केन्द्रीय सदस्य प्रकाश साउँदको सयोजकत्वमा १...
लहानमा बम विस्फोट, चौधरी घाइते

लहानमा बम विस्फोट, चौधरी घाइते

लहान, २८ मंसिर । लहानस्थित शहीद चोकमा आज दिउँसो बम विस्फोट हुँदा एक व्यक्ति घाइते भएका छन् ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहानको शहीद रमेश चोक नजिक साइकलमा राखिएको प्रेसरकुकर बम दिउँसो २ बजेतिर विस्फोट हुँदा सप्तरीको खडक नगरपालिका–२ निवासी ४५ वर्षीय परमेश्वर चौधरी घाइते भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक जुगेश्वर राउतले जानकारी दिए । हात र पिठ्यूँमा गम्भीर चोट लागेको चौधरीको स्...
रेशम चौधरीलाई विजयी प्रमाणपत्र प्रदान गर्न माग

रेशम चौधरीलाई विजयी प्रमाणपत्र प्रदान गर्न माग

काठमाडौं, २८ मंसिर । कैलाली १ बाट प्रनिनिधिसभा सदस्यमा विजयी भएका  रेशम चौधरीलाई विजयीको प्रमाण प्रदान नगरिएको भन्दै  मानव अधिकार रक्षक संजालले ध्यानाकर्षण भएको जनाएको छ । संजालले चौधरीको पक्षमा भोट दिने मतदाताको कदर गरेर विजयको प्रमाणपत्र उचित प्रक्रिया मार्फत प्रदान गर्न निर्वाचन आयोगसँग माग गरेको हो । चौधरीलाई अहिलेसम्म विजयी प्रमाणपत्र दिइएको छैन ।   उनी तीन दिनसम्म पनि जिल्ला निर्वाचन कार...
फोरम नेपालको नेतृत्वमा ‘मधेश सरकार’, मुख्यमन्त्री पनि तय !

फोरम नेपालको नेतृत्वमा ‘मधेश सरकार’, मुख्यमन्त्री पनि तय !

काठमाडौँ, २८ मंसिर । प्रदेशसभाको मतगणना सम्पन्न भएसँगै कुन प्रदेशमा कसको नेतृत्वमा सरकार बन्ने भन्ने यतिबेला चर्चा शुरु भएको छ । ७ मध्ये ६ वटा प्रदेशमा बाम गठबन्धनको नेतृत्वमा सरकार बन्ने भएको छ । प्रदेश दुईमा भने संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संयुक्त सरकार बन्ने निश्चित भएको छ । प्रतिनिधि र प्रदेशसभाको चुनावमा मधेशी दलको नेतृत्वमा मधेश सरकार बनाउने नारा दिएर...
धनकुटामा १३ उम्मेदवारको जमानत जफत

धनकुटामा १३ उम्मेदवारको जमानत जफत

धनकुटा, २८ मंसिर । प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा धनकुटाबाट प्रत्यक्षतर्फ उम्मेदवार रहेका १९ मध्ये १३ जनाको जमानत जफत भएको छ । प्रतिनिधिसभा सदस्यतर्फ नेकपा एमालेबाट विजयी राजेन्द्र राई र निकटतम प्रतिस्प्रधि राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का सुनिलबहादुर थापाबाहेक सबैको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । राईले ३७ हजार ३ सय ३३ मत ल्याएर विजयी भए भने थापाले ...
चाइनिज ‘डेर्डइभिल क्लाइम्बर’को खतरनाक स्टन्टका क्रममा मृत्यु !

चाइनिज ‘डेर्डइभिल क्लाइम्बर’को खतरनाक स्टन्टका क्रममा मृत्यु !

एजेन्सी, २८ मंसिर । संसारमा मानिसहरु विभिन्न कारणले चर्चामा आउने गर्छन् । यस्तो चर्चाको विषयमा ‘खतरनाक स्टन्ट’ गर्ने पनि पर्छ र संसारमा हाल खतरनाक स्टन्ट गर्नेहरुको संख्या बढ्दो क्रममा रहेको छ । ज्यानको बाजी लागाएर गर्ने यस्ता खतरनाक स्टन्टको क्रममा हालैमात्र चीनका चर्चित डेर्डइभिल क्लाईम्बर(Daredevil climber) ‘वू योन्गिंग’ को मृत्यु भएको छ । चीनको सामाजिक सञ्जाल विबोका स्टार रहेका २६ वर्षीय वू...
गुफापोखरी संरक्षणमा जुटे स्थानीयवासी

गुफापोखरी संरक्षणमा जुटे स्थानीयवासी

तेह्रथुम, २८ मंसिर । तीनजुरे मिल्के जलजले संरक्षण क्षेत्रमा रहेको गुफापोखरीको संरक्षणमा स्थानीयवासी जुटेका छन् । पोखरीको अस्तित्व संकटमा पर्दै गएपछि स्थानीयवासीले संरक्षणमा चासो देखाएका हुन् । पोखरी परिसरको घेरबार, सरसफाइ, पानीको मुहान पहिचानजस्ता विषयमा अहिले चासो बढेको छ । अवलोकनका लागि आउने आन्तरिक पर्यटकसँग स्थानीयवासीले पोखरीको संरक्षणका लागि राय, सुझाव माग्न थालेका छन् । संखुवासभाको चैनपु...
डाक्टरले महिला कर्मचारीलाई दुर्व्यवहार गरेपछि मेची अस्पतालमा तनाव

डाक्टरले महिला कर्मचारीलाई दुर्व्यवहार गरेपछि मेची अस्पतालमा तनाव

झापा, २८ मंसिर । मेची अञ्चल अस्पतालका वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर जयकुमार ठाकुरले आफू मातहतका महिला कर्मचारीमाथि अश्लि शब्द बोलेर दुव्र्यवहार गर्ने गरेको आरोप लागेको छ । बुधवार अपरान्ह अपरेशन थिएटरमा कार्यरत नर्स दिक्षा पौडेललाई काम नगरेको आरोप लगाउँदै अश्लिल शब्द बोलेपछि अस्पतालमा कार्यरत महिला कर्मचारीहरुले डाक्टरमाथि कारवाहीको माग गर्दै अस्पताल घेराउ गरेका छन्। दश वर्षदेखि स्त्री रोग ...
डेजाभु तोडफोड : मार्सेमेलो द्वारिकामा सिकिस्त, आयोजक पक्राउ, मालिक फरार

डेजाभु तोडफोड : मार्सेमेलो द्वारिकामा सिकिस्त, आयोजक पक्राउ, मालिक फरार

काठमाडौँ, २८ मंसिर । बुधबार राती काठमाडौँको चर्चित क्लब डेजाभुमा तोडफोडको मामिलामा कार्यक्रमका आयोजकहरुलाई प्रहरीले पक्राउ गरेको छ । अमेरिकन डिजे मार्समेलोले प्रस्तुति दिने भनिएको कार्यक्रममा उनी उपस्थित नभएपछि आक्रोशित बनेका दर्शकहरुले तोडफोड गरेका थिए । तोडफोडका कारण क्लबमा क्षति पुगेको छ । प्रहरीले कार्यक्रमका आयोजक रितेश मारवाडी र राजीव महर्जनलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठम...
झापामा सिलिण्डर ग्यास पड्कँदा आगलागी

झापामा सिलिण्डर ग्यास पड्कँदा आगलागी

काँकडभिट्टा, २८ मंसिर । झापाको काँकडभिट्टा उच्च मावि परिसरमा रहेको क्यान्टिनमा सिलिण्डर ग्यास पड्केर आगलागी हुँदा रु १२ लाखभन्दा बढीको मालसमानको क्षति भएको प्रहरीले जनाएको छ । मेचीनगर–६ का नारायण विष्टले सञ्चालन गरेको क्यान्टिनमा आज बिहान ५ बजे रेगुलेटरबाट ग्यास चुहिएर आगलागी भएको काँकडभिट्टा इलाका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टंक भट्टराईले बताए ् ।  आगलागीबाट कुनै मानवीय क्षति नभए पनि टिन...
देशभर बाघ गणना शुरु

देशभर बाघ गणना शुरु

काठमाडौँ, २८ मंसिर । नेपालमा ३७ वटा हात्तीको प्रयोग गरेर बाघ गणना भइरहेको छ । प्रत्येक पाँच वर्षमा गरिने बाघ गणना यो वर्ष गरिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३७ हात्तीको प्रयोग गरेर बाघ गणना गर्न लागेको हो । जसमध्ये चितवन १५, पर्सा सात, ब...
धनकुटामा बार्षिक सिकाई उपलब्धी वढ्दै

धनकुटामा बार्षिक सिकाई उपलब्धी वढ्दै

धनकुटा, २८ मंसिर । धनकुटामा बार्षिक सिकाई उपलब्धी वढ्दै गएको छ । पछिल्लो तीन वर्षको अवधिमा जिल्लाको सिकाई उपलब्धी क्रमस बढेर शैक्षिक गुणस्तरमा सुधार आएको हो । शैक्षिक उपलब्धी बढेर शैक्षिक सत्र ०७३ मा ५१ प्रतिशत पुगेको जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत फाल्गुणी काफ्लेले संगालोखबरलाई जानकारी दिए । उनका अनुसार यसअघि शैक्षिक सत्र ०७१ मा जिल्लाको समग्र सिकाई उपलब्धी ४९ प्रतिशत र ०७२ मा ५० प्रतिशत थ...
इलाममा लुकाई राखेको अवस्थामा गोलीसहित पेस्तोल भेटियो

इलाममा लुकाई राखेको अवस्थामा गोलीसहित पेस्तोल भेटियो

इलाम, २८ मंसिर । इलामको सदरमुकाम नजिकै तिल्केनीमा ३ थान पेस्तोल फेला परेको । ८ राउन्ड गोलीसहित पेस्तोल भेटिएको इलाम जिल्ला प्रहरीले जनाएको छ । इलाम नगरपालिका–८ को तिल्केनीको गोरेटो बाटोमा भारतीय कम्पनीका पेस्तोल भेटिएको प्रहरीको भनाइ छ । पेस्तोल कसले र किन राख्यो भन्ने विषय नखुलेको र आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
लागुऔषधसहित दुईजना पक्राउ

लागुऔषधसहित दुईजना पक्राउ

धादिङ्ग, २८ मंसिर । धादिङ्गमा गाँजा ओसारपसारमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । ट्रकमा लुकाएर काठमाडौबाट वीरगन्ज पुर्याउन लागिएको ३८ किलो गाँजासमेत उनीहरूका साथबाट बरामद भएको छ । ना २ ख ७३११ नम्बरको ट्रकको चेकजाँच गर्ने क्रममा इलाका प्रहरी कार्यालय गजुरीको गस्ती टोलीले बिहीबार बिहान ट्रकका चालक पर्साको कल्याणपुर बस्ने हृदयानन्दप्रसाद यादव र वीरगन्ज बस्ने आकाश सुनारलाई पक्राउ गरेको हो ...
‘प्रश्नपत्र आउट गरेको’ भन्दै विद्यार्थीद्वारा पूर्वाञ्चल विश्वविद्यालय तोडफोड, डिनको कुर्सी जलाइयो

‘प्रश्नपत्र आउट गरेको’ भन्दै विद्यार्थीद्वारा पूर्वाञ्चल विश्वविद्यालय तोडफोड, डिनको कुर्सी जलाइयो

गोठगाउँ, २८ मंसिर । मोरङको सुन्दरहरैंचामा रहेको पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँको प्रशासनिक भवन विद्यार्थीले तोडफोड गरेका छन् । बुधबार भएको एग्रिकलचर सेकेन्ड सेमिस्टारको परीक्षाको प्रश्नपत्र परीक्षाअगावै विश्वविद्यालयले केही निजी विद्यालयका विद्यार्थीलाई बेचेको भन्दै आक्रोशित विद्यार्थीले क्याम्पस प्रमुख तथा डिनको कार्यकक्ष तोडफेड गरेका हुन् । त्यसक्रममा आक्रोशित विद्यार्थीले डिनको कुर्सीसमेत ...
प्रदेशको राजधानी सोमबार तोकिने

प्रदेशको राजधानी सोमबार तोकिने

  काठमाडौं, २८ मंसिर । सरकारले आगामी सोमबार मात्रै प्रदेशको अस्थायी मुकाम तोक्ने भएको छ । मन्त्रिपरिषद बैठक बसेर सात प्रदेशको अस्थायी मुकाम आजै तोक्ने चर्चा यसअघि भएपनि आज क्याबिनेट बैठक नै नराखिएकाले मुकाम तोक्न अरु तीन दिनपछि धकेलिएको हो । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार बिहीबार क्याविनेट बैठक बोलइएको छैन । परियारले नियमित बैठक सातामा एक दिनमात्र हुने र गत सोमबार ...
एम्बुलेन्सले ठक्कर दिँदा तीन घाइते

एम्बुलेन्सले ठक्कर दिँदा तीन घाइते

तनहुँ, २८ मंसिर । दमौली बजार नजिक व्यास नगरपालिका वडानम्बर ४ बागबजारमा एम्वुलेन्सले मोटरसाईकललाई ठक्कर दिँदा तिन जना घाइते भएका छन् । सुत्केरी लिएर बोकेको ग २ च १८३० नम्बरको एम्बुलेन्सले ग ७ प ४४७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा यात्रारत दुईजना घाइते भएक हुन् । घाइते हुनेमा पोखरा लेखनाथ महानगरपालिका १३ का २० बर्षिय मोटरसाइकल चालक खेम गुरुङ र बर्ष २५ का रिदान गुरुङ छन् । त्यस्तै द...
यस्ताे छ अाजकाे सुनचाँदी मुल्य

यस्ताे छ अाजकाे सुनचाँदी मुल्य

काठमाडौं, २८ मंसिर । अाज बिहिबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला चार सय रुपैयाँले बढेको छ भने चाँदी पाँच रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महसांघका अनुसार सुन आज ५४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन ५४ हजार एक सय रुपैयाँ थियो । त्यस्तै आज चाँदी ७२० प्रतितोला कारोबार भइरहेको छ ।
नेपाली सेनालाई संयुक्त राष्ट्रसंघीय पदक

नेपाली सेनालाई संयुक्त राष्ट्रसंघीय पदक

काठमाडौँ, २८ मंसिर । दक्षिणी सुडानको रोम्बेकमा खटिएको नेपालको शान्ति सेनालाई उत्कृष्ट कार्य गरेबापत संयुक्त राष्ट्रसंघीय पदक प्राप्त भएको छ । रोम्बेकमा हालै आयोजित एक समारोहमा दक्षिण सुडानका राष्ट्रसंघीय फोर्स कमाण्डर लेफ्टिनेन्ट जनरल फ्र्याङ्क मुसायो कामानाजीले नेपाली सेनालाई उक्त पदक हस्तान्तरण गरेकाे ललितपुरस्थित संयुक्त राष्ट्रसंघको कार्यालयले आज जनाएको छ । सन् १९५८ देखि नेपालले संयुक्त रा...
मधेशी जनताको अधिकारका लागि संघर्ष जारी : अध्यक्ष यादव

मधेशी जनताको अधिकारका लागि संघर्ष जारी : अध्यक्ष यादव

राजविराज, २८ मंसिर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताले अधिकार नपाएसम्म अधिकार प्राप्तिका लागि संघर्ष जारी रहने बताएका छन् । राजविराजस्थित साह धर्मशालामा बुधबार साँझ तेलि कल्याणकारी समाजद्वारा आयोजित नवनिर्वाचित प्रतिनिधि र प्रदेशससभा सदस्यको सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सप्तरी क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचितसमेत  भएका उनले...
विराटनगर जेसिजको अध्यक्षमा थपलिया

विराटनगर जेसिजको अध्यक्षमा थपलिया

विराटनगर, २८ मंसिर । विराटनगर जेसिजको सम्पन्न अधिवेशनले राजेन्द्र थपलियाको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ । ‘एक वर्ष एक पद, एक व्यक्ति’को धारणा रहेको युवाको साझा संगठन जेसिजमा सन् २०१८ का लागि नयाँ कार्य समिति चयन गरिएको हो । ४३ वर्ष अघि स्थापना भएको जेसिजले थपलियालाई निर्विरोध चयन गरेको हो । नयाँ समितिमा वरिष्ठ कार्यकारिणी उपाध्यक्ष सेवक बजगाईं, तालिम निर्देशक प्रदिप दाहाल, कार्यका...
अन्तर कलेज केस एनालाइसिस प्रतियोगितामा एपेक्स कलेज प्रथम

अन्तर कलेज केस एनालाइसिस प्रतियोगितामा एपेक्स कलेज प्रथम

काठमाडौँ, २८ मंसिर । काठमाडौँ युनिभसिर्टी स्कूल अफ म्यानेजमेन्ट (कुसोम) ले आयोजना गरेको केस एनलाइसीस प्रतियोगितामा एपेक्स कलेज विजेता बनेको छ । कुसोमको वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रममा कुसोम दोस्रो तथा युनिग्लोब कलेज क्रमशः दोस्रो र तेस्रो बनेको थियो । ‘अटो लोनको बिक्री’ विषयमा गरिएको समिक्षा प्रतियोगितामा ८ कजेजका ९ टोली सहभागी थिए । यसमा विजेता एपेक्स कलेज र आयोजक कुसोमसहित ...
म्यादी प्रहरीको भीरबाट लडेर मृत्यु

म्यादी प्रहरीको भीरबाट लडेर मृत्यु

दार्चुला, २८ मंसिर । भीरबाट लडेर दार्चुलामा एकजना म्यादी प्रहरीको मृत्यु भएको छ । नौगाढ गाउँपालिका–२ का १९ वर्षीय रवीन्द्र ठगुन्नाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाले दल्लेख प्रहरी चौकीका प्रहरी हवल्दारको नेतृत्वमा बुधबार गस्ती गएका ठगुन्नाको भीरबाट लडेर मृत्यु भएको जनाएको छ । ठगुन्नाको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।
आज राति आकाशमा मिथुन उल्का वर्षा हुने

आज राति आकाशमा मिथुन उल्का वर्षा हुने

धनकुटा, २८ मंसिर । आज राति आकाशमा तपाईले अनौठो दृश्य नियाल्न सक्नु हुने छ । आकाशमा खुला आँखाले नियाल्न सकिने उक्त दृश्य मिथुन उल्का वर्षा हो । प्रतिघन्टा १२० वटासम्म उल्का नियाल्न सकिने छ । विगत दश दिनदेखि नै सक्रिय रहेको उल्का वर्षा आज विहिवार राति भने अत्यधिक सक्रिय हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । उल्का वर्षा हेर्न चाहनु हुन्छ भने तपाईले प्रकाश प्रदुषण कम भएको स्थानबाट सहजै अवल...
मोटरसाइकलको ठक्करबाट घाइते साहको मृत्यु

मोटरसाइकलको ठक्करबाट घाइते साहको मृत्यु

लहान, २८ मंसिर । पूर्वपश्चिम लोकमार्गअन्तर्गत सिरहाको मिर्चैयास्थित सडकमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका साइकलयात्रीको बुधबार उपचारको क्रममा मृत्यु भएको छ । मिर्चैया नगरपालिका–१ स्थित राजमार्गमा मंगलबार साँझ पश्चिमबाट पूर्व आउँदै गरेको स ८ प ८३३१ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका सिरहाको कल्याणपुर नगरपालिका–१० निवासी ५० वर्षीय चन्देश्वर साहको उपचारको क्रममा मृत्यु भएको हो ।...
म्याग्दीमा अभिभावक शिक्षा प्रभावकारीः अभिभावक नै शिक्षक

म्याग्दीमा अभिभावक शिक्षा प्रभावकारीः अभिभावक नै शिक्षक

बेनी, म्याग्दी, २८ मंसिर । आफ्ना बालबालिकालाई प्रारम्भिक सिकाइ तथा पढाइप्रति आकर्षित गराउने र उनीहरुलाई सहजरुपले पढ्ने वातावरण मिलाउन सघाउ पु¥याउने उद्देश्यले म्याग्दीमा सञ्चालित अभिभावक शिक्षा प्रभावकारी बन्दै गएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा जिल्ला शिक्षा कार्यालय म्याग्दीसँगको समन्वयमा नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशनद्वारा जिल्लामा प्रारम्भिक सिकाइ तथा पढाइ परियोजनाअन्तर्गत...
राष्ट्रियसभा गठनकोे निर्वाचन प्रणालीमा किन ढिलाई ? के हो राष्ट्रियसभा ?

राष्ट्रियसभा गठनकोे निर्वाचन प्रणालीमा किन ढिलाई ? के हो राष्ट्रियसभा ?

काठमाडौँ, २८ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भई नयाँ जनादेश आइसक्दा पनि राष्ट्रियसभा गठन गर्न दलहरुबीच सहमति हुन नसक्दा कानून निर्माण गर्ने प्रक्रियामा ढिलाइ भइरहेको छ । दलहरुबीच राष्ट्रियसभा गठन गर्नका लागि निर्वाचन प्रणालीमा बहुमतीय वा एकल संक्रमणीय प्रणालीमा गर्ने भन्ने विवादका कारण कानून बनाउने प्रक्रिया समेत ढिलाइ हुँदै गइरहेको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र का ...
डिजे नआउँदा क्लब डेजाभुमा तोडफोड

डिजे नआउँदा क्लब डेजाभुमा तोडफोड

काठमाडौँ, २८ मंसिर । नेपालको चर्चित क्लब डेजाभुमा बुधबार राती तोडफोड भएको छ । क्लबमा अमेरिकन डिजे मार्समेल्लोले कार्यक्रम तय थियो । तर, अन्तिम समयमा डिजेले स्वास्थ्यको कारण देखाउँदै कार्यक्रममा उपस्थित नभएपछि त्यहाँ उपस्थित दर्शकहरुले क्लबमा तोडफोड गरेका हुन् । महानगरीय प्रहरी परिसर दरबारमार्गका डिएसपी तिलक भारतीका अनुसार तोडफोडपछि क्लबमा सामान्य क्षति भएको छ । प्रहरीले समयमानै स्थिति नियन्त्र...
error: Content is protected !!