२०७५ कात्तिक ७ गते बुधबार/आजको राशिफल

२०७५ कात्तिक ७ गते बुधबार/आजको राशिफल

वि.सं. २०७५ साल कात्तिक ७ गते। बुधबार। इश्वी सन् २०१८ अक्टोबर २४ तारिख। नेपाल संवत् ११३८ कौलाथ्व। आश्विन शुक्लपक्ष। तिथि– पूर्णिमा, २२:१७ बजेउप्रान्त प्रतिपदा। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला ज...
खशोग्गीको हत्यारालाई कठघरामा उभ्याइने: साउदी अरब

खशोग्गीको हत्यारालाई कठघरामा उभ्याइने: साउदी अरब

रियाद, ६ कात्तिक । पत्रकार जमाल खशोग्गीको हत्यारा जो भएपनि उसलाई कडा कानूनी सजाय हुने साउदी अरबले जनाएको छ । मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “पत्रकार खशोग्गीको हत्यामा सम्लग्न जो कोही भएपनि उसलाई कानूनी दायरामा ल्याइनेछ ।” राज्य सञ्चालित एसपिए न्यूज एजेन्सीलाई प्राप्त मन्त्रीपरिषद् बैठकपछि सरकारले जारी गरेको वक्तव्यमा भनिएको छ, “साउदी अरबले सत्यतथ्य पत्ता...
विखण्डनवादको पछि नलाग्न अध्यक्ष ‘प्रचण्ड’ को आग्रह

विखण्डनवादको पछि नलाग्न अध्यक्ष ‘प्रचण्ड’ को आग्रह

जनकपुरधाम, ६ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी  नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश सरकारले राष्ट्र, प्रणाली र संविधानलाई दुर्घटित हुने क्रियाकलाप गर्न नहुने बताएका छन । दशैँ तिहार तथा छठपर्वको अवसरमा नेकपा प्रदेश नं २ जनकपुरधामद्वारा आज आयोजित शुभकामना आदानप्रदान समारोहमा उनले भने, “प्रदेश सरकारले सङ्घीय सरकारलाई उछिनेमा दुर्घटनाको खतरा प्रबल हुन सक्छ ।” पूर्वप्रधानमन्त्रीसमेत ...
लोकसेवा आयोगको एक सय बढी प्राविधिक पदमा दरखास्तै परेन

लोकसेवा आयोगको एक सय बढी प्राविधिक पदमा दरखास्तै परेन

काठमाडौँ, ६ कात्तिक । लोकसेवा आयोगको एक सय बढी प्राविधिक पदमा दरखास्त नै पर्न सकेको छैन । गतवर्ष कूल विज्ञापनमध्ये १०१ विज्ञापनमा दरखास्त नपरेको लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले जानकारी दिए । उनका अनुसार दरखास्त नपरेका विज्ञापनमध्ये ६५ आन्तरिक प्रतियोगिताअन्तर्गतको छ । एउटा खुला प्रतियोगिता र ३५ समावेशी प्रतियोगिताका विज्ञापन छन् । अधिकांश प्राविधिक तहका विज्ञापनमा दरखास्त नपरेको आयोग...
भारतीयलाई नागरिकता दिन खोज्ने वडाध्यक्ष र सचिवसहित चारजना विरुद्ध उजुरी

भारतीयलाई नागरिकता दिन खोज्ने वडाध्यक्ष र सचिवसहित चारजना विरुद्ध उजुरी

सप्तरी, ६ कात्तिक । भारतीयलाई नेपाली नागरिकता दिन खोज्ने हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ का वडाध्यक्ष र सचिवसहित चार जनाविरुद्ध आज जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । नागरिकता बेच्न खोजेको आरोपमा स्थानीयवासी कप्लेश्वर यादवले वडाध्यक्ष रामनारायण यादव, वडा सचिव महेशनारायण यादव, नक्कली बाबु बन्ने विन्देश्वरी यादव र नागरिकता लिन खोज्ने भारतीय राजाराम यादवविरुद्ध उजुरी दिएका हुन् । पैसाको प्रल...
भोजपुर नगरपालिका-१ का सबै सामुदायिक विद्यालयमा इ–हाजिरी

भोजपुर नगरपालिका-१ का सबै सामुदायिक विद्यालयमा इ–हाजिरी

भोजपुर, ६ कात्तिक । भोजपुर नगरपालिका –१ भामराङ्गले वडाभित्रका सबै सामुदायिक विद्यालयमा ई–हाजिरी जडान गरेको छ । वडाका प्रस्तावित सिंहदेवी माध्यमिक विद्यालय र चण्डेश्वरी आधारभूत विद्यालयमा इ–हाजिरी जडान गरेको हो । वडा कार्यालयले विद्यालयमा शिक्षकलाई नियमित उपस्थिति गराई शिक्षाको गुणस्तर कायम गर्न इ–हाजिरीको व्यवस्था मिलाएको वडाध्यक्ष विष्णुकुमार भुजेलले जानकारी दिए । सो वडा भोजपुर नगरपालिकाभित्र...
कम ग्रेड आउनेको भर्ना गर्ने नीतिमा पुनःविचार गरिन्छ: शिक्षामन्त्री पोखरेल

कम ग्रेड आउनेको भर्ना गर्ने नीतिमा पुनःविचार गरिन्छ: शिक्षामन्त्री पोखरेल

लहान, ६ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले एसइई परीक्षामा कम ग्रेड आउने विद्यार्थीलाई शिक्षा सङ्कायमा भर्ना गर्ने नीतिमा पुनःविचार गर्नुपर्ने अवस्था आएको बताउनुभएको छ । शहीद गौरीप्रसाद साहको १५ औँ स्मृति दिवसलाई आज सिरहाको मिर्चैयामा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “एसइई परीक्षामा कम ग्रेड आए पनि शिक्षा सङ्काय पढ्न पाउने व्यवस्थाका कारण शैक्षिक गुणस्तरीयता खस्क...
दशैँतिहारको साइत पात्रोमै राख्न माग

दशैँतिहारको साइत पात्रोमै राख्न माग

काठमाडौँ, ६ कात्तिक । दशैँ, तिहारजस्ता महत्वपूर्ण पर्वको साइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गर्ने पात्रो (पञ्चाङ्ग) मै राख्न माग गरिएको छ । राष्ट्रिय धर्मसभा, नेपालले पाँचौँ पण्डित सम्मेलनका बारेमा जानकारी दिन आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा समितिले केही व्यक्तिको परामर्शमा मात्र साइत निकाल्दा त्रुटि बढ्न थालेकाले बृहत् भेलाबाट साइतलगायत महत्वपूर्ण निर्णय गर्नुपर्नेमा जोड दिइएक...
धामीझाँक्रीलाई अध्ययन भ्रमण

धामीझाँक्रीलाई अध्ययन भ्रमण

बाजुरा, ६ कात्तिक । पुरानो चिन्तन भएका धामीझाँक्रीका लागि गौमूल गाउँपालिकाले धार्मिक तथा सांस्कृतिक सचेतनाका लागि अध्ययन भम्रण तय गरेको छ । धार्मिक तथा सांस्कृतिक धरोहरका रूपमा परिचित क्षेत्रको अध्ययन अवलोकन र मनोक्रान्तिका अभियानकर्मी विकासानन्दको प्रवचन पाठ सुनाउन भ्रमण गराउन लागिएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले बताए । भ्रमण पशुपतिनाथ, लुम्बिनी, बौद्ध, स्वयम्भूलगायत क्षेत्रमा गरिने ...
मध्य अमेरिकालाई उपलब्ध सहायता कटौती गर्ने ट्रम्पको चेतावनी

मध्य अमेरिकालाई उपलब्ध सहायता कटौती गर्ने ट्रम्पको चेतावनी

मेक्सिको, ६ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्य अमेरिकी राष्ट्रहरुलाई उपलब्ध गराइआएको सहायता रकम कटौती गरिने चेतावनी दिनुभएको छ । होन्डुरसका नागरिक अवैध आप्रवासीका रुपमा संयुक्तराज्य अमेरिका प्रवेश गर्न ठूलो समूह (क्याराभान) बनाएर अघि बढ्दै गएपछि अमेरिकी राष्ट्रपति ट्रम्पको यस्तो भनाइ आएको हो । संयुक्त राष्ट्रसङ्घले सात हजारभन्दा बढी मानिस संयुक्तराज्य अमेरिकाको सीमातर्फ अगाडि बढ...
चिनियाँ राष्ट्रपतिद्वारा चीन, हङ्कङ र मकाउ जोड्ने पुलको उद्घाटन

चिनियाँ राष्ट्रपतिद्वारा चीन, हङ्कङ र मकाउ जोड्ने पुलको उद्घाटन

जुहाई, चीन, ६ कात्तिक । चीनका राष्ट्रपति सि चिनफिङले विश्वको सवभन्दा लामो ‘मेगा ब्रिज’ को मङ्गलबार औपचारिक उद्घाटन गर्नुभएको छ । सामुद्रिक पुलले हङकङ, मकाउ र चीन जोड्ने भएको छ । चीनका ती स्वशासित क्षेत्रहरुसँगको सम्बन्धलाई चीनले पछिल्लो समयमा कडा गरिरहेका बेला चीनले यो पुल निर्माण गरेको छ । समुद्रमाथि निर्मित यो पुल ५५ किलोमिटर लामो छ । चीनका राष्ट्रपति चिनफिङले मङ्गलबार सो पुल उद्घाटन गर्नुभए...
आन्तरिक पर्यटकले भरियो पोखरा

आन्तरिक पर्यटकले भरियो पोखरा

पोखरा, ६ कात्तिक । पोखराका तालतलैया, गुफा, धार्मिकस्थल जहाँतही यतिखेर आन्तरिक पर्यटकको निकै चाप देखिएको छ । फेवातालमा डुङ्गा शयरदेखि सराङकोट, विश्वशान्ति स्तुपलगायतका स्थान पुगी सूर्योदयसहित हिमशृङ्खलाको अवलोकन गर्न पर्यटक लालायित देखिन्छन् । पोखरामा विशेषतः सेप्टेम्बरदेखि डिसेम्बरसम्मको समय अत्याधिक पर्यटक आउने याम हो । त्यस्तै मार्च, अप्रिल, नेपाली र अङ्ग्रेजी नयाँ वर्षको समयले पनि पर्यटकलाई ...
भारतमा बाटो काट्ने क्रममा तीन वर्षमा करिब ५० हजार जनाको मृत्यु

भारतमा बाटो काट्ने क्रममा तीन वर्षमा करिब ५० हजार जनाको मृत्यु

नयाँ दिल्ली, ६ कात्तिक । भारतमा सन् २०१५ देखि २०१७ सम्मको तीन वर्षको अवधिमा बाटो काट्ने क्रममा रेलले किचेर करिब ५० हजार जनाको मृत्यु भएको छ । रेलमार्गबाट बाटो काट्ने क्रममा तीन वर्षमै यति ठूलो सङ्ख्यामा नागरिकका मृत्यु भएको बताइएको हो । भारतीय रेलसेवाले मङ्गलबार सो तथ्याङ्क सार्वजनिक गरेको हो । भारतको पञ्जाबमा हालैमात्र यसरी नै रेलको लिकमा परेर ६१ जनाको ज्यान गएको थियो । सो दुर्घटनापछि भारतीय ...
प्रधानमन्त्रीले गरे ‘विद्युतीय बस’काे उद्घाटन

प्रधानमन्त्रीले गरे ‘विद्युतीय बस’काे उद्घाटन

ललितपुर, ६ कात्तिक । साझा यातायातले आजदेखि विद्युतीय बस सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुल्चोकस्थित साझा यातायातको परिसरबाट सिंहदरबारसम्म बस चढेर शुभारम्भ गरेका हुन । सो अवसरमा प्रधानमन्त्री ओलीले आफ्नै मुलुकमा उत्पादन भएको जलविद्युत्ले वातावरण र जनस्वास्थ्यलाई सकारात्मक असर गर्ने बताए । विद्युतीय बसले ऊर्जाको किफायत गर्नेमा उनको जोड छ । उनले भने, “हाम्रो देशमा आफ्नो पेट्र...
नेपालीको सरदर आयु ७३ वर्ष पु¥याइने

नेपालीको सरदर आयु ७३ वर्ष पु¥याइने

काठमाडौँ, ६ कात्तिक । नेपालीको सरदर आयु विसं २०७७ सम्म ७३ वर्ष पु¥याउने लक्ष्य राखिएको छ । हाल सरदर आयु ७२ वर्ष रहेको छ । राष्ट्रिय योजना आयोगद्वारा प्रकाशित मध्यकालीन खर्च प्रतिवेदनमा सो लक्ष्य निर्धारण तय गरिएको छ । प्रतिवेदनमा विसं २०७३ मा आयु ६९ वर्ष रहेको जनाइएको छ । पछिल्लो समय नवजातशिशु, बालस्वास्थ्य तथा मातृस्वास्थ्यका क्षेत्रमा नेपालले उल्लेख्य प्रगति गरेका कारण आयुमा वृद्धि भएको बताइ...
साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिता बुधबारदेखि

साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिता बुधबारदेखि

काठमाडौँ, ६ कात्तिक । चौथो संस्करणको साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिता बुधबारदेखि शुरु हुँदैछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा शुरु हुने प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, भूटान, माल्दिभ्स, श्रीलङ्का र बङ्गलादेशले सहभागिता जनाउँदैछन् । प्रतियोगिताका सबै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछन् । प्रतियोगिताको समूह ‘ए’मा नेपाल, बङ्गलादेश, माल्दिभ्स र पाकिस्तान छन् भने समूह...
अन्तर्राष्ट्रिय सैन्य सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री पोखरेल चीन प्रस्थान

अन्तर्राष्ट्रिय सैन्य सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री पोखरेल चीन प्रस्थान

काठमाडौँ, ६ कात्तिक । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल चीनको बेइजिङमा हुने अन्तर्राष्ट्रिय सैन्य सम्मेलनमा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । चीनका रक्षामन्त्री वेइ फेङहेको निमन्त्रणमा आठौँ बेइजिङ सियाङग्स्ट्यान फोरममा भाग लिन र साताव्यापी चीन भ्रमणका लागि आज उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । रक्षामन्त्रीमा नियुक्तपछि पोखरेलको यो पहिलो विदेश भ्रमण हो । मन्त्रालयका सचिव ...
तराई–मधेस समृद्धि कार्यक्रम लागू

तराई–मधेस समृद्धि कार्यक्रम लागू

काठमाडौँ, ६ कात्तिक । सरकारले मानव विकास सूचकाङ्कमा तुलनात्मक रुपमा पछि परेका तराई–मधेसका स्थानीय तहमा भौतिक पूर्वाधारलगायत विकासका कार्यक्रमलाई एकीकृत रुपमा सञ्चालन गर्न तराई–मधेस समृद्धि कार्यक्रम लागू गरेको छ । तराई–मधेसमा बसोवास गर्ने जनताको सघन रुपमा आर्थिक तथा सामाजिक रुपान्तरण गर्न एवं जनताको सार्वजनिक सेवामा पहुँच अभिवृद्धि तथा जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले कार्यक्रम लागू गरिएको त...
अस्ट्रेलियामा सुलभ मास्केको गोल ‘वर्षको उत्कृष्ट’ मा मनोनित

अस्ट्रेलियामा सुलभ मास्केको गोल ‘वर्षको उत्कृष्ट’ मा मनोनित

काठमाडौँ, ६ कात्तिक । नेपाली यू–१९ फुटबल टोलीका पूर्व कप्तान सुलभ मास्केको गोल अष्ट्रेलियामा वर्षको ‘उत्कृष्ट गोल अवार्ड’का लागि मनोनयनमा परेको छ । अष्ट्रेलिया फुटबल महासङ्घले मनोनित गरेको सन् २०१८ को उत्कृष्ट १० गोलमा सुलभको गोल परेको हो । अष्ट्रेलियाको नर्थन टेरिटोरी स्टेट लिग क्लब हेलेनिक एट्लेटिकबाट व्यवसायीक फुटबल खेल खेल्दै आएका सुलभले वेष्टर्न सिड्नी क्लबविरुद्ध गरेको गोल वर्ष गोल अवार्ड...
नवीकरणीय ऊर्जासम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

नवीकरणीय ऊर्जासम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

ललितपुर, ६ कात्तिक । ग्रामीण तथा शहरी विकासका लागि नवीकरणीय ऊर्जासम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन अर्को साता राजधानीमा आयोजना हुँदैछ । बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र त्रिभूवन विश्वविद्यालय, इन्जिनिरिङ अध्ययन संस्थानको आयोजनामा यही कात्तिक १२ देखि १४ गतेसम्म काठमाडौँमा हुन लागेको सो सम्मेलनमा नेपाललगायत करीब २० देशको सहभागिता रहने जनाइएको छ । सम्मेलनमा ऊर्जा र दिगो विकास, ऊर्जा सुरक्षा...
चीनको आकाशमा ‘उसकै नक्कली चन्द्रमा’, तर कति सम्भव ?

चीनको आकाशमा ‘उसकै नक्कली चन्द्रमा’, तर कति सम्भव ?

काठमाडौँ । चन्द्रमाको बारेमा हामी प्रायः चलचित्रको गीतमा सुन्ने गरेका छौँ । सबै कवि, लेखक र शायरहरुले चन्द्रमाकै पर्खाइमा आफ्नो रचनाहरु रच्ने गरेका छन् । तर, अब चीनको आकाशमा भने हर समय चन्द्रमा देखिने दाबी गरिएको छ । चीनको एक कम्पनीले आकाशमा कृत्रिम चन्द्रमा पठाउने योजना बनाइरहेको घोषणा गरेको छ । जसले रातमा चीनको आकाशलाई उज्यालो बनाउने उसको दाबी छ । चीनको पत्रिका पिपल्स डेलीका अनुसार छेङ्दुमा ...
धनगढीमा निजी लगानीका अस्पताल खुल्ने क्रम बढ्दै

धनगढीमा निजी लगानीका अस्पताल खुल्ने क्रम बढ्दै

कैलाली, ६ कात्तिक । सुदूरपश्चिम प्रदेशको प्रमुख शहर धनगढीमा पछिल्लो समय निजी लगानीमा अत्याधुनिक सेवा सुविधासहितका अस्पताल खुल्ने क्रम बढ्दै गएको छ । धनगढी उपमहानगरपालिका–३ चटकपुरमा अघिल्लो महीनादेखि रु १० करोड बढीको लगानीमा २५ श्ययाको सुविधायुक्त ‘माया मेट्रो’ अस्पताल सञ्चालनमा आएको छ । अस्पतालमा २४ घण्टा आकस्मिक तथा ट्रमा सेवा, बहिरङ्ग तथा अन्तरङ्ग सेवा, अत्याधुनिक प्रयोगशाला, अत्याधुनिक डिजि...
कृष्णनगरमा कफ्र्यु १२ बजेसम्मका लागि हटाइयो, जनजीवन सामान्य

कृष्णनगरमा कफ्र्यु १२ बजेसम्मका लागि हटाइयो, जनजीवन सामान्य

कपिलवस्तु, कृष्णनगर, ६ कात्तिक। कपिलवस्तुको कृष्णनगरमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सोमबार साँझ ५ बजेदेखि लगाएको कफ्र्यु हटाएको छ । आज बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि कफ्र्यु हटाएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । स्थानीय हिन्दु समुदाय र मुस्लिम समुदायबीच विवाद बढेपछि जिल्ला प्रशासन कार्यालयले कफ्र्यु लगाएको थियो । कफ्र्यु हटेपछि भारतीय सीमावर्ती कृष्णनगरको जनजीवन स...
ट्रम्पको खुल्ला धम्कीः अब अमेरिकाले बनाउनेछ परमाणु हतियार

ट्रम्पको खुल्ला धम्कीः अब अमेरिकाले बनाउनेछ परमाणु हतियार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुस र चीनलाई दबाब दिनका लागि अमेरिकाले आफ्नो परमाणु हतियार बलियो बनाउने चेतावनी दिएका छन् । ट्रम्पले पत्रकारसँगको कुराकानीमा रुसले सन् १९८७ को इन्टरमिडियट रेन्ज न्यूक्लियर फोर्सेज (आइएनएफ) सन्धीको उल्लंघन गरेको दोहोराउँदै अब आफू उक्त सन्धीबाट पछि हट्ने चेतावनी दिए । यद्यपी, ट्रम्पको उक्त आरोप रसियाले खण्डन गरेको छ । शीतयुद्ध कालको यो सन्धीले मध्यम दूरीको मिसा...
पाँचथरमा दशैँका बेला पेट्रोल अभाव

पाँचथरमा दशैँका बेला पेट्रोल अभाव

हिलिहाङ, पाँचथर, ६ कात्तिक । दशैँको समयमा पाँचथरमा पेट्रोलको अभाव भएको छ । दशैँ अगाडिनै आयात भएको पेट्रोल यसअघिनै सकिएको थियो । यसबाट आफन्तकोमा टीका लगाउन तथा ताप्लेजुङमा अवस्थित पूर्वको प्रसिद्ध पाथीभरा मन्दिरमा गएका दर्शनार्थी प्रत्यक्ष मारमा परेका छन् । झापाको विर्तामोडबाट पाथीभरा मन्दिर गएका अनिल तिवारीले भन्नुभयो, “मन्दिरको दर्शन गर्न भनेर हिँडियो तर आज बीच बाटोमै अलपत्र परियो, पम्पमा गयो,...
अस्ट्रेलियाको ‘बिग बास’ क्रिकेट लिग खेल्दै सन्दीप

अस्ट्रेलियाको ‘बिग बास’ क्रिकेट लिग खेल्दै सन्दीप

काठमाडौँ, ६ कात्तिक । अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को सफलता प्राप्त गर्दै आएका नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियन लिग खेल्ने भएका छन् । अघिल्लो महीना मलेसियामा सम्पन्न आइसिसी विश्वकप टी–२० एशिया क्षेत्र छनोट ‘बी’को खेल सकिएलगत्तै मलेसियाबाट अष्ट्रेलिया गएका सन्दीप अष्ट्रेलियाको उच्च डिभिजनको क्रिकेट लिगमा आबद्ध भएका हुन् । सन्दीपले अष्ट्रेलियाको मेलबर्न स्ट...
जेलमै बनेको थियो नक्कली नोट छाप्ने योजना : मेसिन वीरगन्जबाट, अाइडिया इन्टरनेटबाट

जेलमै बनेको थियो नक्कली नोट छाप्ने योजना : मेसिन वीरगन्जबाट, अाइडिया इन्टरनेटबाट

काठमाडौँ, ६ कात्तिक । कीर्तिपुरस्थित मच्छेगाउँबाट नक्कली नोटसहित पक्राउ परेका अभियुक्तले नोट छाप्ने अाइडिया इन्टरनेटबाट सिकेको खुलेको छ । नोट छाप्ने योजना भने जेलमै बनेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार नक्कली नोट छाप्ने घटनाका मुख्य योजनाकारमध्ये पर्सा बिरुवा गुठीका २७ वर्षीय इन्द्रबहादुर श्रेष्ठले नक्कली नोट छाप्ने योजना सिरहास्थित कारागारबाटै बनाएका थिए । जुन बे...
विश्वकप क्रिकेट ट्रफी यसै साता नेपाल ल्याइने

विश्वकप क्रिकेट ट्रफी यसै साता नेपाल ल्याइने

काठमाडौँ, ६ कात्तिक । अर्को वर्ष इङ्ल्यान्ड र वेल्समा आयोजना हुने आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी नेपाल ल्याइने भएको छ। ट्रफी यसै साता नेपाल आउन लागेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को नेपालस्थित प्रतिनिधि भावना घिमिरेले जानकारी दिइन्। ‘आईसीसी विश्वकप ट्रफीको नेपाल टुर कार्यक्रम भव्य बनाउने तयारीमा हामी जुटेका छौं’, उनले भनिन्, ‘यसै साता आउने भए पनि दिनको टुंगो ल...
अरुणखोला बस दुर्घटना: मृत्यु हुनेको सङ्ख्या सात पुग्यो

अरुणखोला बस दुर्घटना: मृत्यु हुनेको सङ्ख्या सात पुग्यो

नवलपरासी, ६ कात्तिक । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–११ अरुणखोलामा आइतबार बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएका सोलुखुम्बुका ३० वर्षीय गणेश बस्नेतको उपचारको क्रममा मृत्यु भएपछि हालसम्म दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको प्रहरीले जनाएको छ । यसअगावै मृत्यु हुनेमा नेपाली सेनामा कार्यरत गुल्...
राष्ट्रपतिको राजसी टीका : सर्वत्र अालाेचना

राष्ट्रपतिको राजसी टीका : सर्वत्र अालाेचना

काठमाडौँ, ६ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीलाई दसैंको टीका लगाइदिँदै गरेको तस्विर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । सो तस्विरमा सोफामा बसेकी राष्ट्रपति भण्डारीले आफ्नो अगाडि घुँडा टेकेर बसेका पूर्वप्रधानन्यायाधीश पराजुलीलाई टीका लगाइदिँदै गरेको देखिन्छ । नेपालमा राजतन्त्र रहँदासम्म यस्ता घटना सामान्य नै मानिन्थे । अाजकाे नागरिक दैनिकमा समाचार छ । ...
आजदेखि निजी कम्पनीले पनि ‘स्मार्ट लाइसेन्स’ छाप्ने

आजदेखि निजी कम्पनीले पनि ‘स्मार्ट लाइसेन्स’ छाप्ने

काठमाडौँ, ६ कात्तिक । स्मार्ट कार्ड (सवारीचालक अनुमतिपत्र) मंगलबारदेखि निजी कम्पनीले समेत छाप्ने भएको छ । पहिलो दिनदेखि नै निजी कम्पनीले दैनिक २० हजारभन्दा बढी स्मार्ट कार्ड छाप्ने भएको छ । यातायात व्यवस्था विभागले पर्याप्त स्मार्ट कार्ड छाप्न नसकेपछि निजी कम्पनीलाई छपाइको अनुमति दिइएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए । मालिका इन्कर्पोरेटेड प्रालिले मंगलबारबाट सन् २०१८ को जनवरीदे...
error: Content is protected !!