दैनिक एउटा अन्डाले राख्छ मुटु रोगबाट टाढा
आज पनि अन्डा, भोलि पनि अन्डा । यो कुरा तपाईंले अहिलेसम्म कुनै न कुनै दिन भनेको हुनुपर्छ ।
कतिपयले तपाईंलाई अन्डा खानु र नखानुबारे अनेक सुझाव पनि दिएका होलान् । तर, राम्रो स्वास्थका लागि दिनमा कति अन्डा खानुपर्छ भन्नेबारे के तपाईंलाई थाहा पाउनु भएको छ ?
चीनमा करिब १० लाख मानिसमा गरिएको एउटा अध्ययनले नयाँ तथ्य फेला पारेको छ । त्यो हो– दिनमा एउटा अन्डा खायो भने धेरै रोगबाट टाढा हुन सकिन्छ । सबैभन...































