तेह्र महिनादेखि विमानस्थल बन्द, यात्रु र विरामी मर्कामा
जाजरकोट, १२ असार। चौरजहारीमा रहेको विमानस्थल १३ महिनादेखि बन्द हुँदा जाजरकोटका स्थानीयले सेवा पाएका छैनन् । पश्चिम रुकुमको चौरजहारी विमानस्थलमा १३ महिनादेखि हवाई उडान बन्द भएको छ ।
उडानका लागि जहाजको कमी भएको भन्दै हवाई सेवा बन्द भएको हो । नागरिक उड्डयन प्राधिकरणले उडान तालिका राखेपनि एउटा मात्र जहाज भएकाले उडान नभरेको हो । यो विमानस्थल रुकुममा भए पनि सेवासुविधा जाजरकोटले पनि लिने गरेको थियो ।
...































