सामूहिक बलात्कारको आरोपमा पाँच युवक पक्राउ

सामूहिक बलात्कारको आरोपमा पाँच युवक पक्राउ

लहान, १२ भदौ । एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले पाँच जना युवा पक्राउ गरेको छ । रक्षाबन्धनको अवसरमा सप्तरीको शम्भुनाथ नगरपालिकास्थित अर्नाहामा लागेको मेला भरेर फर्किंदै गरेकी सप्तरीको खडक नगरपालिका–५ की २० बर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले जिल्लाको बिभिन्न स्थानबाट ५ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सप्तरीको शम्भुनाथ नगरपालिका–५ निवासी २० व...
भारतसँगका सम्झौता कार्यान्वयनका चरणमा छन्: प्रधानमन्त्री ओली

भारतसँगका सम्झौता कार्यान्वयनका चरणमा छन्: प्रधानमन्त्री ओली

काठमाडौँ, १२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगका सहमति र सम्झौता कार्यान्वयनका चरणमा रहेको जानकारी गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले दुवै मुलुकबीच गठन भएको प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदनअनुसार दुवै मुलुकबीच भएका सन्धिसम्झौता पुनरावलोकन हुने चरणमा रहेको बताउनुभयो । सरकारको पहलमा रसुवागडी–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन सम्पन्न भएको र वीरगञ्ज–काठमाडौँ रेल्वेको क...
उपत्यकामा दुई दिन शैक्षिक संस्था बिदा

उपत्यकामा दुई दिन शैक्षिक संस्था बिदा

काठमाडौँ, १२ भदौ । सरकारले बिम्स्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन आउने विदेशी अतिथि तथा प्रतिनिधिको आवागमनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउने उद्देश्यले उपत्यकाका सम्पूर्ण शिक्षण संस्था दुई दिन बिदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयको सुरक्षा महाशाखामा आज बसेको सम्बन्धित निकायको बैठकले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनलाई सहजरुपमा सम...
अब सातै प्रदेशमा ‘प्रदेश शिक्षा विकास निर्देशनालय’

अब सातै प्रदेशमा ‘प्रदेश शिक्षा विकास निर्देशनालय’

काठमाडौँ, १२ भदौ । काठमाडौँ, १२ भदौ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदेशस्तरमा शिक्षा कार्यालय स्थापना गर्ने भएको छ । मन्त्रालयले सात वटै प्रदेशमा सहसचिवको नेतृत्वमा ‘प्रदेश शिक्षा विकास निर्देशनालय’ स्थापना गर्न लागेको मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले जानकारी दिए। निर्देशनालयलाई सामाजिक विकास मन्त्रालय मातहतमा राखिने छ । यसअघि मन्त्रालयअन्तर्गतको क्षेत्रीय शिक्षा निर्देशनालय...
उत्तर कोरियाबाट अझै पनि खतरा छ: जापान

उत्तर कोरियाबाट अझै पनि खतरा छ: जापान

टोकियो, १२ भदौ । उत्तर कोरियाबाट अझै पनि गम्भीर प्रकृतिको खतरा देखिएको टिप्पणी जापानले गरेको छ । जापानी रक्षामन्त्रालयको सुरक्षासम्बन्धी पहिलो वार्षिक बैठकमा जापानी अधिकारीले उत्तर कोरियाबाट ढुक्क हुनसक्ने अवस्था नरहेको बताएका हुन् । जापानको सन् २०१८ को सुरक्षासम्बन्धी पहिलो बैठकमा अधिकारीहरुले यस विषयलाई छलफलमा ल्याएका हुन् । त्यसैगरी चीनको बढ्दो सैन्य सङ्ख्यालाई पनि सो सुरक्षा समीक्षाको विषयव...
विश्व कीर्तिमान राख्न केसीको वक्तव्य जारी

विश्व कीर्तिमान राख्न केसीको वक्तव्य जारी

काठमाडौँ, १२ भदौ ।  सबैभन्दा लामो समयसम्म बोलेर नयाँ विश्व कीर्तिमान बनाउने तयारीमा जुट्नुभएका अनन्तराम केसीले २८ घण्टा निरन्तर बोली सक्नुभएको छ । केसीको अभियान गोकर्णेश्वर–५ स्थित इस्ट पोल माविमा सोमबार बिहान ६ बजेदेखि शुरु भएको हो । आज बिहान १० बजेसम्मको अभिलेखअनुसार उहाँले २८ घण्टा बोली सक्नुभएको अभियानको संयोजन गरिरहनुभएका न्यू माइन्ड्स एकेडेमीका अध्यक्ष कुमारराज सुवेदीले बताउनुभयो । केसीले...
प्रधानमन्त्रीले आज संसद्मा सम्बोधन गर्ने

प्रधानमन्त्रीले आज संसद्मा सम्बोधन गर्ने

काठमाडौँ, १२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्मा सम्बोधन गर्नु हुनेछ । प्रधानमन्त्री ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिमस्टेक)को १९औँ शिखर सम्मेलन तयारीलगायतका विषयमा सम्बोधन गर्नु हुनेछ । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी भएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । उहाँल...
प्रदेश ट्राफिक कार्यालय भरतपुरमा

प्रदेश ट्राफिक कार्यालय भरतपुरमा

चितवन, १२ भदौ । प्रदेश नं ३ को ट्राफिक प्रहरी कार्यालय भरतपुरमा रहने भएको छ । भरतपुर महानगरपालिका–१ रामनगरमा कार्यालय स्थापना गरिने प्रहरी उपरीक्षक नवीराज राईले जानकारी दिनुभयो । एक सातापछि कार्यालय सञ्चालनमा आउने छ । उक्त कार्यालयले उपत्यकाका तीन जिल्ला बाहेक प्रदेशका सबै जिल्ला हेर्ने छ । क्षेत्रगत विभाजन हुँदा यस क्षेत्रको कार्यालय बाराको पथलैयामा रहेको थियो । सो ठाउँ प्रदेश नं २ मा परेपछि ...
कमला नदीमा बेपत्ता भएका दुई बालकको शव भेटियो

कमला नदीमा बेपत्ता भएका दुई बालकको शव भेटियो

लहान, १२ भदौ । कमला नदीमा डुबेर बेपत्ता भएका दुई बालकको शव सोमबार फेला परेको छ । गोलबजार नगरपालिका–४ का १५ वर्षीय मन्जय महरा र सोही ठाउँका १४ वर्षीय राहुल राउतको शव फेला परेको हो । सिरहा औरही गाउँपालिका तुलसीपुरका १४ वर्षीय कृष्ण महतोको शव आइतबार नै फेला फेला परेको थियो । सिरहाको गोलबजारस्थित शिव मन्दिरमा चढाउनका लागि जल लिन कमला नदीको उत्राइनी पुगेका तीनैजना आइतबार डुबेर बेपत्ता भएका हुन् । ...
काम नभए पनि बसीबसी भत्ता !

काम नभए पनि बसीबसी भत्ता !

काठमाडौँ, १२ भदौ ।  के तपाई बेरोजगार हुनुहुन्छ ? सीप भए पनि काम नपाएर दिनभर कतै बरालिनुभएको छ ? त्यसो भए पनि चिन्ता नमान्नुहोस् । सरकारले तपाईँलाई बेरोजगार भत्ता दिनेछ । संविधानको धारा ३३ मा ‘रोजगारीको हक’सम्वन्धी व्यवस्था छ । यो मौलिक हक हो, संविधानमा ३१ प्रकारका मौलिक हक उल्लेख छन् । यस धाराको उपधारा (१) मा भनिएको छ– ‘प्रत्येक नागरिकलाई रोजगारीको हक हुनेछ । रोजगारीको सर्त, अवस्था र वेरोजग...
कुलेखानी-काठमाडौँ सुरुङमार्ग प्रदेश सरकारले बनाउने

कुलेखानी-काठमाडौँ सुरुङमार्ग प्रदेश सरकारले बनाउने

हेटौँडा,११ भदौ । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले पोष्टबहादुर बोगटी भीमफेदी—कुलेखानी सुरुङ मार्ग निर्माण गर्ने बताउनुभएको छ । उहाँले सन् २०१२ मा उक्त सुरुङमार्ग चार वर्षभित्र निर्माण गर्ने भनी नेपाल पूर्वाधार विकास कम्पनीले सरकारसंँग सम्झौता गरे पनि हालसम्म कुनै काम नगरेकाले अब प्रदेश सरकारले नै निर्माण अगाडि बढाउने स्पष्ट गर्नुभयो । मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले...
निजी शिक्षालयलाई आफ्नो बन्दोबस्त गर्न आग्रह

निजी शिक्षालयलाई आफ्नो बन्दोबस्त गर्न आग्रह

काठमाडौँ, ११ भदौ । नेपाल कम्युनिष्ट पार्टी स्थायी कमिटीका सदस्य योगेशकुमार भट्टराईले अब शिक्षा र स्वास्थ्य क्षेत्रमा नयाँ संस्था नखोलिने बताउनुभएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले “निःशुल्क र अनिवार्य शिक्षाको व्यवस्था बनेको विधेयक, २०७५” का सम्बन्धमा आयोजित छलफल कार्यक्रममा प्रतिनिधिसभाका सदस्यसमेत रहनुभएका भट्टराईले समाजवादोन्मुख संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक हकमा समावेश गर...
२०३० सम्ममा समृद्धिको संकेत पाइने छ: प्रधानमन्त्री

२०३० सम्ममा समृद्धिको संकेत पाइने छ: प्रधानमन्त्री

काठमाडौँ, ११ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई समृद्धिको सपना पूरा गर्न लामो समय नलाग्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज राष्ट्रिय दैनिक पत्रिकाका सम्पादकसँगको अन्तक्र्रियामा प्रधानमन्त्री ओलीले सरकारले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न लामो समय नलिने स्पष्ट गर्दै भन्नुभयो, “संयुक्त राष्ट «संघले राखेको दिगो विकास लक्ष्यको समय २०३० सम्ममा हामीले समृद्धिको ...
म्यान्मारका सेनाप्रमुखमाथि जातीय नरसंहारको मुद्दा चलाउनु पर्दछः राष्ट्रसंघ

म्यान्मारका सेनाप्रमुखमाथि जातीय नरसंहारको मुद्दा चलाउनु पर्दछः राष्ट्रसंघ

जेनेभा, ११ भदौ । संयुक्तराष्ट्र संघका अनुसन्धाताहरुले म्यान्मारका रोहिङ्ग्या अल्पसंख्यकको जातीय नरसंहारमा म्यान्मारका सेनाप्रमुख र पाँचजना उच्च सैनिक कमान्डर दोषी देखिएकाले उनीहरुमाथि मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेका छन् । उनीहरुले सोमबार प्रकाशन गरेको प्रतिवेदनमा म्यान्मारको यस घटनाको स्वतन्त्र अन्तर्राष्ट्रिय छानबिन गर्नुपर्ने पनि जनाएका छन् । म्यान्मारले गतवर्ष अगस्टमा रखाइन राज्यमा गरे...
पूर्वपश्चिम राजमार्गको झिलझिलेमा सडक दुर्घटना-एकको मृत्यु, चार गम्भीर घाइते

पूर्वपश्चिम राजमार्गको झिलझिलेमा सडक दुर्घटना-एकको मृत्यु, चार गम्भीर घाइते

भद्रपुर, ११ भदौ । पूर्वपश्चिम राजमार्गको झिलझिलेमा भएको सडक दुर्घटना परी आज बिहान एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा उदयपुर घर भएका २९ वर्षीय सन्दीप कार्की रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे१ज ४५३३ नम्बरको स्कोरपियो जिप अनियन्त्रित भई आज बिहान ३ बजे सडकमै पल्टिएको थियो । दुर्घटनामा परी जिपमा सवार घाइते...
छुट्टाछुटै दुर्घटनामा तीनको मृत्यु

छुट्टाछुटै दुर्घटनामा तीनको मृत्यु

लहान, ११ भदौ । सिरहाको छुट्टाछुटै स्थानमा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार र धनगढीमा गए राति भएको सवारी दुर्घटनामा दुई जना र पोखरीमा डुबेर एकको मृत्यु भएको प्रहरीले जनाएको छ । गोलबजार नगरपालिका–४ स्थित सडकमा स१च १०९९ नम्बरको जिपले साइकललाई ठक्कर दिँदा साइकलयात्री सिरहाको धनगढीमाई नगरपालिका–६ निवासी ५५ वर्षीय जीवछ महतोको मृत्यु भएको छ । ठक्...
काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न शहरमा गाईजात्रा पर्व मनाईंदै

काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न शहरमा गाईजात्रा पर्व मनाईंदै

काठमाडौँ, ११ भदौ । काठमाडौ उपत्यकालगायत मुलुकका विभिन्न शहरमा आज गाईजात्रा पर्व मनाइँदै छ । गाईजात्रा विशेष गरी नेवार समुदायले मनाउने पर्व हो । यस पर्वमा वर्षभरि दिवंगत भएका आफन्तको नाममा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर शहर परिक्रमा गर्ने चलन छ । यसो गर्दा मृतात्माले यमलोक जाँदा बाटोमा पर्ने बैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने धार्मिक विश्वास छ । शहरमा गाई पाल्नेहरुले भने ...
निर्मलाका परिवारलाई तीन लाख सहयोग दिने घोषणा

निर्मलाका परिवारलाई तीन लाख सहयोग दिने घोषणा

कञ्चनपुर, ११ भदौ । भीमदत्त नगरपालिकाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका परिवारलाई रु तीन लाख सहयोग गर्ने घोषणा गरेको छ । भीमदत्तका नगर प्रमुख सुरेन्द्र विष्टले पन्तका परिवारलाई भेटेर सहयोगको घोषणा गर्नुभएको हो । यसअघि भीमदत्त नगरपालिका नगर कार्यपालिका बैठकबाट पन्त परिवारलाई आवश्यक सहयोग गर्ने निर्णय गरिएको थियो । नगर प्रमुख विष्टले निर्मलाका परिवारलाई नगरपालिका कार्यालयबाट रु तीन लाख सह...
अझै व्यवस्थित भएन सेमेस्टर प्रणाली

अझै व्यवस्थित भएन सेमेस्टर प्रणाली

काठमाडौँ, १० भदौ । पर्वतका मनहरी शर्मा सेमेस्टर प्रणाली अन्तर्गत त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा पढ्न थालेको तीन वर्ष पुग्न लाग्यो । दुई वर्षमा सकिने भनेको स्नातकोत्तर तहको अध्ययन अहिलेसम्म नसकिँदा उहाँ निकै चिन्तित हुनुुहुन्छ । हाल उहाँ अंग्रेजी विषयमा स्नातकोत्तर गर्दै हुुनुहुन्छ । शुरुमा भर्ना हुँदा उहाँमा ठूलो उमंग र उत्साह थियो, अहिले छैन । छ महिनामा एउटा सेमेस्टर सकिने भनिए पनि दश महिन...
१ सय घण्टा बोलेर विश्व कीर्तिमान राख्ने तयारी पूरा

१ सय घण्टा बोलेर विश्व कीर्तिमान राख्ने तयारी पूरा

काठमाडौँ, १० भदौ । सबैभन्दा लामो समयसम्म बोलेर नयाँ विश्व कीर्तिमान बनाउने तयारीमा जुटेका अनन्तराम केसीको अभियानको सम्पूर्ण तयारी पूरा भएको छ । केसीले सोमबारदेखि गोकर्णेश्वर–५ स्थित ईस्ट पोल माविमा बिहान ६ बजेदेखि अभियान शुरु गर्न सम्पूर्ण तयारी पूरा भएको कार्यक्रमको संयोजन गरिरहनुभएका न्यू माइण्ड्स एकेडेमिका अध्यक्ष कुमारराज सुवेदीले राससलाई जानकारी दिनुभयो । राष्ट्रिय गौरवसँग जोडिएको यो अभिया...
तीजः भड्किलो हैन, सजिलो बनाऔँ

तीजः भड्किलो हैन, सजिलो बनाऔँ

दाङ, १० भदौ । नेपाली महिलाको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा यहाँ हुनेखाने वर्गका महिलाले दर खाने कार्यक्रम राखिरहेका छन् । विभिन्न सङ्घसंस्थामा आबद्ध रहेकाहरुले भने तीज गीत प्रतियोगिता गर्न स्थानीय रेडियोमा सूचना सार्वजनिक गरेका छन् । यतिखेर अधिकांश बजारमा किनमेल गर्न आउने महिलाको भीड लागेको छ । परापूर्वकालदेखि चल्दै आएको यस पर्वलाई धार्मिक संस्कृतिका रुपमा मनाउने प्रचलन रहे पनि पछिल्ल...
भीमदत्तनगरमा पुनः कफ्र्यु

भीमदत्तनगरमा पुनः कफ्र्यु

भीमदत्तनगर, १० भदौ । कञ्चनपुरको भीमदत्तनगरमा आज पुनः कफ्र्यु लगाइएको छ । भीमदत्त नगरपालिका–४, ६ र १८ वडाका विभिन्न स्थान तोकेर आज बिहान १० बजेपछि पुनः कफ्र्यु लगाइएको हो । भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यापछि स्थिति असामान्य बनेपछि जिल्ला प्रशासन कार्यालयले कफ्र्र्यु लगाएको हो । अवस्था सामान्य बनेपछि आइतबार बिहान ५ बजेदेखि १० बजेसम्मका लागि कफ्र्यु हटाइएको थिय...
शहीद खुनाको महाकाली नदीमा दाहसंस्कार

शहीद खुनाको महाकाली नदीमा दाहसंस्कार

कञ्चनपुर, १० भदौं । शहीद शनि खुनाको आज महाकाली नदीमा दाहसंस्कार गरिएको छ । दाहसंस्कार अघि भीमदत्त नगरपालिका–९ ब्रह्मदेव घाट पुगी प्रदेश नं ७ का प्रदेशसभा सदस्य तारालामा तामाङ र भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले शहीद खुनाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका थिए । ब्रह्मदेव सीमा प्रहरी चौकीका प्रमुख दिपेन्द्र थापा नेतृत्वको प्रहरी टोलीले शहीद खुनाप्रति शोक सलामी अर्पण गरेको थियो ।...
केरलाको बाढी, पहिरोमा परी मृत्यु हुनेको संख्या ४४५ पुग्यो

केरलाको बाढी, पहिरोमा परी मृत्यु हुनेको संख्या ४४५ पुग्यो

कोची, १० भदौ । भारतको दक्षिणी राज्य केरलाको विनाशकारी बाढीमा परेर मृत्यु हुनेको संख्या आइतबारसम्म ४४५ पुगेको छ । पानीको सतह घट्दै गएसँगै खोजी गर्दा पछिल्लो पटक ४५ जनाको शब भेटिएको अधिकारीहरुले जनाएका छन् । राज्यका झण्डै १० लाख मानिसले अझै पनि अस्थायी राहत शिविरहरुमा आश्रय लिइरहेका छन् । बाढीमा हराइरहेका मानिसको खोजपडताल जारी रहेको छ भने घर तथा सार्वजनिक स्थलहरुको सफाईलाई व्यापक बनाइएको छ । केर...
गैह्र सैनिकलाई ६ करोड २९ लाखको छात्रवृत्ति

गैह्र सैनिकलाई ६ करोड २९ लाखको छात्रवृत्ति

काठमाडौँ, १० भदौ । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले एक वर्षको अवधिमा गैह्र सैनिकतर्फ रु ६ करोड २९ लाख ४९ हजार बराबरको छात्रवृत्ति प्रदान गरेको छ । उक्त संस्थानमा आव २०७४/७५ मा ९६ गैह्र सैनिकका सन्ततिलाई अध्ययनका लागि पूर्ण छात्रवृत्ति उपलब्ध गराइएको सैनिक कल्याणकारी कोषले जनाएको छ । सोही आर्थिक वर्षमा चिकित्सा शास्त्र महाविद्यालयमा ६५, नर्सिङ महाविद्यालयमा ३३ र कलेज अफ मेडिकल पोलिटेक्निक...
छोराको कुटपिटबाट बुबाको मृत्यु, वृद्धलाई बाढीले बगायो

छोराको कुटपिटबाट बुबाको मृत्यु, वृद्धलाई बाढीले बगायो

लहान, १० भदौ । आफ्नै छोराको कुटपिटबाट गम्भीर घाइते सिरहाको लहान नगरपालिका–१८ मनर्वाका एक जनाको मृत्यु भएको छ । घरायसी विवादमा २५ वर्षीय छोरा सञ्जय सदायको कुटपिटबाट गम्भीर घाइते भएका ४५ वर्षीय बुबा उमेश सदायको उपचारको क्रममा शनिबार साँझ विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । छोराको कुटपिटबाट गम्भीर घाइते भएका सदायको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा भर्ना गरिएकोमा...
कमला नदीमा डुबेर बेपत्ता ३ बालकमध्ये एकको शव भेटियो

कमला नदीमा डुबेर बेपत्ता ३ बालकमध्ये एकको शव भेटियो

लहान, १० भदौ । सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीमा डुबेर हिजो साँझबाट बेपत्ता भएका सिरहाका तीन बालकमध्ये एक जनाको शव आज बिहान फेला परेको छ भने दुई जना अझै बेपत्ता छन् । सिरहाको गोलबजारस्थित शिव मन्दिरमा जल चढाउनका लागि जल लिन कमला नदीको उत्राइनी पुगेका गोलबजार नगरपालिका–४ निवासी १५ वर्षीय मञ्जय महरा, सोही ठाउँका १४ वर्षीय राहुल महरा र सिरहाकै औरही गाउँपालिका तुलसीपुर निवासी १४ वर्षीय कृष्ण ...
एकल पुरुषलाई पनि भत्ता

एकल पुरुषलाई पनि भत्ता

बैतडी, १० भदौ । बैतडीको मेलौली नगरपालिकाले विधुर एकल पुरुष लाई पनि मासिक भत्ता दिने भएको छ । नगरपालिकाले चालू आर्थिक वर्षको साउनदेखि ६० वर्षदेखि ७० वर्षसम्मका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ताअन्तर्गत मासिक रु एक हजारका दरले भत्ता दिने निर्णय गरेको उपप्रमुख राधा ओझाले बताए । एकल महिलाजस्तै एकल पुरुष पनि समस्यामा हुने भएकाले उनीहरुलाई दोहोरो भत्ता नहुने गरी भत्ताको व्यवस्था गरिएको हो । उनले भन...
तराई मधेशमा रक्षाबन्धनको उल्लास

तराई मधेशमा रक्षाबन्धनको उल्लास

महेन्द्रनगर, धनुषा, १० भदौ । जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चल र मधेश क्षेत्रमा दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्दै रक्षा बन्धन पर्व धुमधाम साथ आज मनाइरहेका छन् । मधेशी समुदायमा रहेको राखी बाँध्ने चलन पछिल्ला वर्षहरुमा पहाडी समुदायमा पनि आएको देखिन्छ । यस दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइको हातमा राखी बाँधेर दीर्घायु र प्रगतिको कामना गर्दछन् । दाजु...
नेवार समुदायले क्वाँटी खाने पर्व गुँपुन्ही मनाउँदै

नेवार समुदायले क्वाँटी खाने पर्व गुँपुन्ही मनाउँदै

भक्तपुर, १० भदौ ।  श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज हर्षोल्लासका साथ नेवार समुदायले गुँपुन्ही पर्व धुमधामका साथ मनाउँदैछ । नेपाल सम्बतमा गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्मको एक महिना गुँला अर्थात नवौँ महिना हो । गुँलामा पर्ने भएकाले यसको नेवारीमा नाम गुँपुन्ही रहन गएको र नवौँ महिना भएकोले पनि नेवार समुदायले कम्तीमा विभिन्न प्रकारका नौ थरी गेडागुडीको मिश्रण क्वाँटी खाने गरेको हो । यही प्रचलन ने...
सुस्तामा भारतीय पक्षबाट पुनः विवाद सिर्जना

सुस्तामा भारतीय पक्षबाट पुनः विवाद सिर्जना

नवलपरासी, १० भदौ । सुस्ताको विवादित भूमिमा भारतीय पक्षले सडक बिस्तार गर्न खोजेपछि पुनः विवाद सिर्जना भएको छ । विवादित भूमि मानिएको क्षेत्रमा भारतीय पक्षले सडक बिस्तार गर्न खोजेपछि नेपाली पक्षले सो बाटो बिस्तारमा रोक लगाउन खोजेपछि विवाद सिर्जना भएको हो । विसं २०६४ मा नेपाल र भारतका उच्च अधिकारीबीच सुस्ताको विवादित भूमिमा दुवै पक्षबाट कुनै पनि सडक बिस्तार, खेती गर्नेलगायतका काम नगर्ने सहमति भएको...
error: Content is protected !!