चानुवामा निःशूल्क स्वास्थ्य शिविर

चानुवामा निःशूल्क स्वास्थ्य शिविर

धनकुटा, २६ असार । धनकुटाको महालक्ष्मी नगरपालिका–४ चानुवामा पाठेघर र आङ्ग खस्ने रोग सम्वन्धी एकदिने निःशूल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विजयपुर हस्पिटल प्रा.लि. धरानको प्राविधिक सहयोगमा सामुदायिक सचेतना र विकासका लागि महिला समूह धनकुटाले शिविर सञ्चालन गरिएको हो । स्वास्थ्य शिविर उद्घाटन गर्दै सांसद अञ्जना ताम्लीले विभिन्न रोगको पूर्व लक्षणवारे जानकारी नहुनु र जानकारी भएपनि समयमै उपचार...
रसुवाका तीन स्थानमा आपत्कालीन औषधि भण्डारण

रसुवाका तीन स्थानमा आपत्कालीन औषधि भण्डारण

रसुवा। वर्षायाममा हुन सक्ने झाडापखाला महामारी रोग नियन्त्रणका लागि रसुवाका तीन स्थानमा औषधि भण्डारण गरिएको छ। जिल्ला स्वास्थ्य प्रमुख डा झलक शर्मा गौतमले दक्षिणी रसुवाको कालिकास्थान मध्यभागमा धुन्चे र उत्तरी क्षेत्रको स्याफ्रुबेँसीमा महामारी रोग रोकथामका आवश्यक औषधि भण्डारी गरिसकिएको र पाँचजना चिकित्सक जिल्लास्तरमा तैनाथ राखिएकाले उपचारको सवालमा जस्तोसुकै परिस्थिति आए पनि जिल्लावासी आत्तिनु पर्ने...
महोत्तरी अस्पतालमा डिजिटल एक्सरे मेसिन

महोत्तरी अस्पतालमा डिजिटल एक्सरे मेसिन

महोत्तरी ।  महोत्तरीको सदरमुकाम जलेश्वरस्थित जिल्ला अस्पतालमा करिब रु १३ लाख पर्ने डिजिटल एक्सरे मेसिन ल्याइएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा करिब रु १३ लाखको लागतमा तीन सय एमए पावर भएको सिआर मेसिन जडित डिजिटल एक्सरे मेसिन ल्याएको छ । सो अस्पतालमा रहेको पुरानो एक्सरे मेसिन एक वर्ष अगाडिदेखि बिग्रिएर थन्किएको र सानो मेसिन पनि विगत केही दिनदेखि बिग्रिएर कामै नलाग्ने भएपछि अस...
माछापुच्र्छे बैंकले सल्यान शाखामा गर्यो बृहत निःशुल्क स्वास्थ्य शिविर

माछापुच्र्छे बैंकले सल्यान शाखामा गर्यो बृहत निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । माछापुच्र्छे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत असार १७ गते सारदा नगरपालिका १५ स्थित माल्नेटा, सल्यानमा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । उक्त स्वास्थ्य शिविर मार्फत ५ सय ३० भन्दा बढी बिरामीले स्वास्थ्य परिक्षण गराई करीव पाँच लाख बराबरको निःशुल्क औषधी समेत वितरण गरिएको थियो । कार्यक्रम कान्तिपुर सामुदायिक अस्पताल प्रालिको सहकार्यमा भएको हो । यस बैंकले...
एलोपेथिक पसलमा आयुर्वेद औषधि

एलोपेथिक पसलमा आयुर्वेद औषधि

तुलसीपुर (दाङ)। घोराहीमा रहेको पल्लवी औषधि पसलले औषधिको अनुचित प्रयोग र दुरुपयोग गरेको जनाउँदै शुक्रबार औषधि विभागको नेपालगन्जबाट आएको टोलीले सिलबन्दी गरेको छ । सो औषधि पसलले नेपालमा बिक्रीका लागि अनुमति नपाएका विभिन्न प्रकारका आधा दर्जनभन्दा बढी भारतीय औषधि बिक्रीका लागि राख्नाका साथै गैरकानुनी रुपले गर्भपतनमा प्रयोग गरिने औषधि बिक्री गरेको पाइएको छ । एलोपेथिक पसलमा आयुर्वेद औषधि राखेर बिक्...
झापामा एघार हजार पिन्ट रगत आपूर्ति

झापामा एघार हजार पिन्ट रगत आपूर्ति

झापा। चालु आवको ११ महिनाको अवधिमा नेपाल रेडक्रस सोसाइटी झापाले बिरामीलाई ११ हजार पिन्ट उपलब्ध गराएको छ । जिल्लाको तीनवटा ब्लड बैंक र तीन वटा ब्लड युटिनबाट उक्त परिमाणमा रगत उपलब्ध गराइएको नेपाल रेडक्रस सोइसाइटी झापा शाखाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो । जिल्लामा रगतको मागसँगै आपूर्ति पनि बढ्दै गएको छ । आव २०७०÷७१ मा नौ हजार पिन्ट, २०७१÷७२ मा १० हजार ७५० र आव २०७२÷७३ मा १० हजार १९५ पिन्...
सेल सेप्रेसन उपकरण सञ्चालनमा

सेल सेप्रेसन उपकरण सञ्चालनमा

चितवन। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्तकोष छुट्याएर आवश्यक रगतमात्र शरीरबाट बाहिर तान्ने सेल सेप्रेसन उपकरण सञ्चालनमा आएको छ । चिनियाँ सरकारको सहयोगमा प्राप्त यो उपकरण विश्व रक्तदाता दिवसको अवसर पारेर बुधबारदेखि सञ्चालनमा ल्याइएको हो । अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार आरबिसी, डब्लुबिसी, प्लेटलेट्सलगायत अन्य आवश्यक रक्तकोषमात्र शरीरबाट झिक्ने काम यो उपकर...
स्वास्थ्य बिमा कार्यक्रमको शुभारम्भ

स्वास्थ्य बिमा कार्यक्रमको शुभारम्भ

जुम्ला । चन्दननाथ नगरपालिका जुम्लामा औपचारिक कार्यक्रम गरी आज स्वास्थ्य बिमाको सदस्यता दर्ता प्रारम्भ भएको छ । कार्यक्रमको शुभारम्भ गर्दै सांसद डिल्लीप्रसाद काफ्लेले जनताको आधारभूत स्वास्थ्य निःशुल्क हुने संविधानमा व्यवस्था गरेअनुसार सरकारले यो कार्यक्रमको सुरुवात गरेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले कर्णालीवासीका लागि स्वास्थ्य बिमा कार्यक्रम निकै लाभदायी हुने औँल्...
भाइरल ज्वरोको प्रकोपले तीन जनाको मृत्यु

भाइरल ज्वरोको प्रकोपले तीन जनाको मृत्यु

डोल्पा । डोल्पामा भाइरल ज्वरोको प्रकोपले तीन जनाले ज्यान गुमाएका छन् । तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकाको सुर र नर्कु गाउँमा फैलिएको भाइरल ज्वरोले तीन जनाले ज्यान गुमाउन परेको हो भने त्यस्तै सयाँै सर्वसाधारण टाउको दुख्ने, ज्वरो आउने, रुघाखोकी लाग्नेलगायतका समस्याले थलिएका छन् । भाइरल ज्वरोकै कारणले मुड्केचुला–६ सुरकी ७ वर्षीया पूजा शाही, ६० वर्षीय लालबहादुर बुढा र ६९ वर्षीया लक्ष्मी बु...
झापामा खोरेत रोगले छ बाच्छाबाच्छी मरे, तीनसय बढीमा सङ्क्रमण

झापामा खोरेत रोगले छ बाच्छाबाच्छी मरे, तीनसय बढीमा सङ्क्रमण

बनियानी (झापा)। झापाको कचनकवल गाउँपालिका र गौरीगञ्ज नगरपालिकाका गाईभैँसीमा खोरेत रोगको सङ्क्रमण फैलिएको छ । जिल्लाको कचनकवल–६ केचना र गौरीगञ्जको महाभारामा खोरेतको सङ्क्रमण देखिएको जिल्ला पशुसेवा कार्यालय, झापाका सूचना अधिकृत कुमारसिंह खत्रीले जानकारी दिनुभयो । सो क्षेत्रका ३१७ पशु खोरेत रोगबाट सङ्क्रमित भएको र छवटा बाच्छाबाच्छी मरेको उहाँले बताउनुभयो । कार्यालयका पशु चिकित्सक चन्द्रदेव साहका अ...