तारापुर शिविरका बासिन्दा बिरामी, उपचारमा समस्या
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा निकुञ्जको तारापुर शिविरका अधिकांश व्यक्ति बिरामी परेका छन् ।१३० परिवारका ७० जना बढी व्यक्ति बिरामी परेका हुन् ।
शिविरमा रहेका बालबालिका, महिला र ज्येष्ठ नागरिकलगायतका बिरामीमा एक साता अघिदेखि झाडापखाला, ज्वरो, जोर्नी दुख्ने, बान्ता हुने, शरीर चिलाउने, ठूल्ठूला फोका उठनेजस्ता लक्षण देखिएकोे शिविरका नरिभान ढुङ्गेलले बताए ।
“शिविरमा बालबालिका, महिला र ज्येष्ठ नागरि...