आहा रारा गोल्डकपको फाइनलमा नेपाल पुलिस र थ्रीस्टार

आहा रारा गोल्डकपको फाइनलमा नेपाल पुलिस र थ्रीस्टार
पोखरा, १८ माघ । पोखरा रङ्गशालामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र थ्रीस्टार क्लब भिड्ने भएका छन् । प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम सेमिफाइनलमा धरान फुटबल क्लब सुनसरीलाई १–० गोल अन्तरले हराउँदै पुलिस क्लब फाइनलमा प्रवेश गरेको हो । यसअघि बंगलादेशको उत्तर बरिन्धरा क्लबलाई ५–० ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको थियो । आजको खेलमा पुलिसका सुमन लामाले ...

अन्तर्राष्ट्रिय लन टेनिस प्रतियोगिता नेपालमा हुने

अन्तर्राष्ट्रिय लन टेनिस प्रतियोगिता नेपालमा हुने
काठमाडौँ, १८ माघ । अखिल नेपाल लन टेनिस संघको आयोजनामा नेपालमा अन्तर्राष्ट्रिय आइटिएफ जुनियर (यु–१८) लन टेनिस प्रतियोगिता हुने भएको छ । यसै महिनादेखि सञ्चालन हुने उक्त प्रतियोगिताको पहिलो सर्किट यही माघ २२ देखि २७ गतेसम्म सञ्चालन हुनेछ भने दोस्रो सर्किट माघ २९ देखि फागुन ५ गतेसम्म सञ्चालन गरिने आयोजकका अध्यक्ष ज्योति राणाले जानकारी दिनुभयो । प्रतियोगितामा नेपालसहित जापान, भारत, थाइल्याण्ड, ची...

प्रिमियर लिग फुटबल: म्यानचेस्टर सिटीको शानदार जीत, युनाइटेड र चेल्सी पराजित

प्रिमियर लिग फुटबल: म्यानचेस्टर सिटीको शानदार जीत, युनाइटेड र चेल्सी पराजित
लण्डन, १८ माघ ।  इङलिस प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको म्यानचेस्टर सिटीले लिगमा १५ अंकको स्पष्ट अग्रता कायम गरेको छ । लिग  अन्तर्गत बुधबार राति भएको खेलमा सिटीले वेष्ट ब्रोमलाई ३–० ले हरायो । सिटीको जितमा खेलको १९ औं मिनेटमा फर्नान्डीनो, ६८ औं मिनेटमा केभिन डे ब्रुयन र ८९ औं मिनेटमा सर्जियो अग्युइरोले गोल गरेका थिए । जितपछि शिर्ष स्थानको सिटीको २५ खेलबाट ६८ अंक भएको छ। त्यस्तै रातिनै भएको अ...

आहा रारा गोल्डकप: पुलिसद्वारा मनाङ ३–१ ले पराजित

आहा रारा गोल्डकप: पुलिसद्वारा मनाङ ३–१ ले पराजित
पोखरा १६  माघ । नेपाल पुलिस क्लब पोखरामा जारी १६ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार (आज) भएको अन्तिम क्वाटरफाइनलमा मनाङ मस्र्याङ्दी क्लबलाई ३–१ ले पराजित गर्दै पुलिसले अघिल्लो चरणको यात्रा तय गरेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो। तुलनात्मक रुपमा कमजोर मानिएको पुलिसको युवा टोलीले सबैलाई चकित पार्दै मनाङलाई ...

बार्सिलोनाको जितमा मेसी नायक

बार्सिलोनाको जितमा मेसी नायक
मड्रिड ,१६ माघ । लियोनेल मेसीले फ्रि–किकमा उत्कृष्ट गोल गरेपछि फिलिप कौटिन्होले बार्सिलोनाको पहिलो रोजाईमा खेलेको दिन आल्भेसमाथि २–१ को जित हासिल गर्दै टोलीले स्पेनिस ला लिगा अंकतालिकाको शीर्ष स्थानमा ११ अंकको अग्रता कायम राखेको छ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा जोन ग्विडेटीले गोल गरेपछि भ्रमणकारी आल्भेसले २३औं मिनेटमा अग्रता लिएको थियो । तर आन्द्रियास इनियस्टाको क्रसलाई सुन्दर भली...

भलिबलमा नेपालद्वारा हङकङ पराजित

भलिबलमा नेपालद्वारा हङकङ पराजित
काठमाडौं, १५ माघ । नेपाली राष्ट्रिय भलिबल टोलीले आइतबार मैत्रीपूर्ण खेलमा हङकङलाई ३–२ को सेटमा पराजित गरेको छ। हङकङको यान चाउ कोक स्पोर्टस् सेन्टरमा नेपालले हङकङलाई २३–२५, २८–२६, २५–२१, २१–२५ र १७–१५ अंकले हराएको हो। नेपाली भलिबल टोली मैत्रीपूर्ण खेल खेल्न बुधबार हङकङ गएको हो । इमबहादुर रानामगरको कप्तानीमा रहेको नेपाली टोलीले सोमबार अर्को मैत्रीपूर्ण खेल खेल्नेछ। नेपाली टोलीले मकाउको राष्ट...

आइपिएल खेल्ने पहिलो नेपाली सन्दीप

आइपिएल खेल्ने पहिलो नेपाली सन्दीप
  काठमाडौँ, १४ माघ। राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) को अक्सनमा परेका छन् । नेपाली क्रिकेट इतिहासमा लामिछाने आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी हुनेछन् । आइपिएलको ११औँ संस्करणका लागि उनलाई दिल्ली डेयर डेभिल्सले आज भारतीय रुपैयाँ २० दिएको छ । सत्र वर्षीय लामिछानेले अब आइपिएलमा नयाँ दिल्लीका लागि खेल्नेछन् । त्यस्तै राष्ट्रिय फुटबल ट...

आहा रारा गोल्डकप: त्रिभुवन आर्मी र धरान फुटबल क्लब भिड्दै

आहा रारा गोल्डकप: त्रिभुवन आर्मी र धरान फुटबल क्लब भिड्दै
पोखरा, १४ माघ। पोखरामा जारी १६ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रौ क्वाटरफाइनलमा आइतबार (आज) त्रिभुवन आर्मी बिरुद्ध धरान फुटबल क्लब भिड्दैछन। खेल पोखरा रंगशालामा दिउँसो २ः३० बजे सुरु हुनेछ। भारतको सिक्किम युनाइटेडलाई ३–० ले पराजित गर्दै धरान फुटबल क्लब र वाई पाएर त्रिभुवन आर्मी क्वाटरफाइनलमा प्रवेश गरेका हुन्। आर्मीले यो सिजन उत्कृष्ठ प्रदर्शन गर्दै आएको छ । यद्यपी शनिबार ...

प्रथम प्रधानसेनापति अन्तरविद्यालय छात्रा तेक्वान्दो प्रतियोगिता शुरु

प्रथम प्रधानसेनापति अन्तरविद्यालय छात्रा तेक्वान्दो प्रतियोगिता शुरु
काठमाडौँ, १३ माघ । प्रथम प्रधानसेनापति अन्तरविद्यालय छात्रा तेक्वान्दो प्रतियोगिता २०७४ आजदेखि शुरु भएको छ । यही माघ १५ गतेसम्म नेपालको तेक्वान्दो खेलकै इतिहासमा पहिलोपटक विद्यालयस्तरमा अध्ययनरत छात्रा विद्यार्थीको तौल समूहका निम्ति मात्र आयोजना गरिएको प्रतियोगिता हो । विद्यालयमा अध्ययनरत छात्रा तेक्वान्दो खेलाडीमात्र सहभागी गराई सञ्चालन गर्न लागिएको पहिलो प्रतियोगिता सैनिक श्रीमती संघकी अध्य...

मदन भण्डारी गोल्डकपको उपाधि थ्री स्टारलाई

मदन भण्डारी गोल्डकपको उपाधि थ्री स्टारलाई
इटहरी, १३ माघ। मनाङ–मस्र्याङदी क्लबलाई १–० ले पराजित गर्दै यहाँ जारी मदन भण्डारी मेमोरियल इटहरी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि थ्री स्टार क्लबले जितेको छ । मदन भण्डारी फाउण्डेशनको सहयोगमा राष्ट्रिय जागृति क्लब इटहरीको आयोजनामा शनिबार भएको फाइनल खेलमा थ्री स्टारले ३७ औँ मिनेटमा बुद्ध चेम्जोङको गोलबाट अग्रता लिएको थियो । विमल घर्तीमगरको पासमा चेम्जोङले गोल गरेका थिए । निकै ...
error: Content is protected !!