रक्षा समाचारदातालाई नेपाली सेनाको प्रशिक्षण शुरु

रक्षा समाचारदातालाई नेपाली सेनाको प्रशिक्षण शुरु
काठमाडौँ।  आमसञ्चारमाध्यममा सेनासम्बन्धी विषयमा समाचार लेख्दैआएका सञ्चारकर्मीलाई नेपाली सेनाले आफ्नो सांगठनिक स्वरुप, भूमिका, जिम्मेवारी तथा विविध विषयमा जानकारी गराउने उद्देश्यले आजदेखि सातदिने प्रशिक्षण शुरु गरेको छ । सैनिक मुख्यालयमा आज आयोजित समारोहमा नेपाली सेनाका प्रवक्ता झङ्करबहादुर कडायतले उक्त प्रशिक्षणको शुभारम्भ गर्नुभएको हो । प्रशिक्षणमा राजधानीबाट प्रकाशन तथा प्रसारण हुने राष्ट्रि...

अवैधरूपमा सीमापार गर्न लागेका गाई नियन्त्रणमा

अवैधरूपमा सीमापार गर्न लागेका गाई नियन्त्रणमा
महोत्तरी । भन्सार छली भारततर्फ अवैधरूपमा लैजाँदै गरेको २९ वटा गाई प्रहरीले बर्दिबासबाट नियन्त्रणमा लिएको छ । गएराति इलाका प्रहरी कार्यालय बर्दिवासले विशेष सुराकीका आधारमा बर्दिबास नगरपालिका–२ बाट २६ गाई र तीनवटा गोरु नियन्त्रणमा लिएको हो । ना६क ३८४१ नंको ट्रकमा बर्दिबासबाट औरही–जलेश्वर सडकखण्ड हुँदै भारततर्फ लैजाँदै गर्दा विशेष सुराकीका आधारमा प्रहरीले बरामद गरेको प्रहरी निरीक्षक वासुदेव थापाले ...

प्रम देउवाद्वारा बोधगया दर्शन

प्रम देउवाद्वारा बोधगया दर्शन
भारत।  मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहार राज्यस्थित बोधगयाको दर्शन गरेका छन् । बोधगया गौतमबुद्धले बुद्धत्व प्राप्त गरेको महत्वपूर्ण स्थान हो । प्रधानमन्त्री देउवा शनिबार बोधगया आइपुगेका हुन् । प्रधानमन्त्री देउवासहितको नेपाली प्रतिनिधिमण्डल आज अपराह्न ३ बजे एयर इन्डियाको विशेष चार्टर्ड विमानबाट नयाँदिल्ली प्रस्थान गर्नेछ । नयाँदिल्लीमा आयोजना...

हराएको १४ घण्टापछि बालक मृत अवस्थामा फेला

हराएको १४ घण्टापछि बालक मृत अवस्थामा फेला
कलैया । हराएको १४ घण्टापछि कलैया उपमहानगरपालिका–२० बस्तपुर निवासी रामविजय साहका छोरा आज बिहान मृतावस्थामा फेला परेका छन् । शनिबार बेलुका करिब ५ बजेदेखि हराइरहेका साहका छ वर्षीय छोरा कन्हैया साहले लगाएको कपडा घरदेखि सय मिटर पर रहेको धनसुन्दर साहको पोखरीको डिलमा भेटेपछि परिवारजनले पोखरीमा खोज्दा बालकको शव भेटिएको प्रहरी प्रवक्ता भुनेश्वर साहले जानकारी दिए। घटना रहस्यमय भएको हुँदा अनुसन्धान भइरहेको...

पर्यटन व्यवसायीद्वारा राहत वितरण

पर्यटन व्यवसायीद्वारा राहत वितरण
पोखरा । पोखरा पर्यटन परिषद् प्राकृतिक सहयोग समितिले भरतपुर महानगरपालिका–१३ को पटियानीका बाढीपीडितलाई राहत सामग्री वितरण गरेको छ । सो अवसरमा ४३ घर परिवारलाई खाद्यान्न, म्याट्रेस, झुल र ब्ल्याङ्केट तथा ५९ जना विद्यार्थीलाई पोशाक र सिलाइ खर्चसहित तीन लाखभन्दा बढीको राहत सामग्री प्रभावित क्षेत्रमा पुगेर वितरण गरेको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले बाढीपीडितलाई राहत सामग्री वितरण गर्दै ...

ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते

ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते
गोरखा । गोरखाको पालुङ्टार नगरपालिका–१ खोप्लाङ सुन्दरखोलामा ग १ त ३७१६ नंको ट्रयाक्टर शनिबार दुर्घटना हुँदा चालक सुलिकोट गाउँपालिका–४ का २० वर्षीय आइतपाल गुरुङको मृत्यु भएको छ । अस्पताल लैजादै गर्दा मृत्यु। सहचालक पालुङ्टार नगरपालिका–९ का १९ वर्षीय सुजन परियार गम्भीर घाइते भएका छन् । चालक गुरुङलाई उपचारका लागि गोरखा अस्पतालतर्फ ल्याउँदै गर्दा गएराति बाटोमै मृत्यु भएको हो । सहचालकको उपचार भइरहेको ...

देशभर १ वर्षमा १० हजार दुर्घटना, २ हजारभन्दा बढीको मृत्यु

देशभर १ वर्षमा १० हजार दुर्घटना, २ हजारभन्दा बढीको मृत्यु
काठमाडौं । एक वर्षमा देशभर १० हजार दुर्घटना भएका छन् । जसमा २ हजारभन्दा बढीको ज्यान गएको छ । नेपाल प्रहरीका अनुसार, आर्थिक वर्ष ०७३–७४ मा १० हजार १ सय ७८ दुर्घटना भए । ०७२–७३ मा १० हजार १३ दुर्घटना भएका थिए । चालकलाई अनुशासनमा राख्न नसक्दा धेरै दुर्घटना हुने गरेका छन् । फितलो कारबाहीका कारण चालकले लापरबाही गर्ने गरेको पाइएको छ । गत वर्ष ७ हजार ४ सय ८७ दुर्घटना चालकको लापरबाहीले भएका थिए । ...

जहाज हेर्न र लिन जाने निहुँमा लाखौं खर्चेर वायु सेवा निगमका २० कर्मचारी सिंगापुर !

जहाज हेर्न र लिन जाने निहुँमा लाखौं खर्चेर वायु सेवा निगमका २० कर्मचारी सिंगापुर !
काठमाडौं । राष्ट्रिय ध्वरावाहक नेपाल वायुसेवा निगमले मर्मत भइरहेको आफ्नो एउटा ठूलो जहाज हेर्न र लिन जाने निहुँमा लाखौं खर्च गरी २० जना कर्मचारी सिंगापुर पठाएको छ । ‘जहाज थपेर व्यवस्थापन पनि सुधार गर्दै लानुपर्छ’ भन्ने रटान लगाउने निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले ती सबै कर्मचारीको भ्रमण बिदा स्वीकृत गराएका हुन् । तीमध्ये आधाजति सिंगापुर घुमेर फर्किसकेका छन् भने आधा उतै घुमिरहेका छन् । सम्बद...

नेपाल आइडलको टप-५ बाट सुजता पाण्डे ‘आउट’ (भिडियोसहित)

नेपाल आइडलको टप-५ बाट सुजता पाण्डे ‘आउट’ (भिडियोसहित)
काठमाडौ । नेपालको चर्चित रियालिटी शो नेपाल आइडलको टप-५ बाट सुजता पाण्डे बाहिरिएकी छिन् । एलिमिनेसन राउण्डबाट भोटको आधारमा पाण्डे बाहिरिएकी हुन । एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडलमा अब निशान भट्टराई, बुद्ध लामा, प्रताप दास, सागर आले वीच प्रतिस्पधा रहेको छ । चार प्रतियोगीमध्ये अर्को हप्ता एकजना बाहिरिनेछन । वाँकी तीन प्रतिस्पर्धीमध्ये प्रथम हुँने नेपाल आइडल बन्नेछन । अबको हप्ता एक ...

भारतका चर्चित धर्मगुरु बलात्कारी ठहर, अदालतको आदेशपछि हिंसा भड्किदा १२ जनाको मृत्यु

भारतका चर्चित धर्मगुरु बलात्कारी ठहर, अदालतको आदेशपछि हिंसा भड्किदा १२ जनाको मृत्यु
एजेन्सी । उत्तरी भारतका एक जना चर्चित धर्मगुरुलाई अदालतले बलात्कार मुद्दामा दोषी ठहर गरेपछि भड्किएको हिंसाका कारण भारतमा कम्तिमा १२ जनाको ज्यान गएको छ । अदालतको आदेश लगत्तै धर्मगुरु राम रहिम सिंहका समर्थकहरुले चण्डीगढमा प्रदर्शन सुरु गरेका थिए । प्रदर्शनकारीहरुले दुई रेलस्टेशन र निजी सवारीहरुमा आगजनी गरेका छन् । धर्मगुरु सिंहलाई अदालतले सन् २००२ मा दुई महिलालाई बलात्कार गरेको मुद्दामा दोषी ठहर ग...
error: Content is protected !!