८० जनाको संख्यामा सेना रहेको देश

८० जनाको संख्यामा सेना रहेको देश
एजेन्सी । मुलुकको सुरक्षाका लागि हरेक देशमा हजारौंको संख्यामा सेना तैनाथ गरिएका हुन्छन् । तर, युरोपमा रहेको सेन मरिनोमा सेनाको संख्या ८० जनाको मात्र छ । सेन मरिनो जहाँ देशको सुरक्षाका लागि खटाइएका सेनाको संख्या मात्र ८० छ भन्दा अचम्म लाग्न सक्छ तर यो सत्य हो । सेनाको संख्या न्यून भए पनि यहाँ कसैले हमला गर्दैनन् । यी सेना आफ्नो देशलाई सुरक्षित राख्न सफल छन् । अठारौं शताब्दीदेखि यसरी नै काम गर्द...

यसरी प्रारम्भ भयो अप्रिल फूल

यसरी प्रारम्भ भयो अप्रिल फूल
अप्रिल महिनाको पहिलो दिन अर्थात् अप्रिल १ मा संसारभर मूर्ख दिवस मनाइन्छ । यद्यपि संसारको कुनै पनि मुलुकमा औपचारिक रूपमा यो दिवस मनाइँदैन । तैपनि यो दिन मानिसहरू एक–अर्कालाई मूर्ख बनाएर मनोरञ्जन गर्छन् अर्थात् १ अप्रिललाई ख्यालठट्टा गर्ने दिवसका रुपमा लिइन्छ । अप्रिल फूल किन र कहिलेदेखि मनाउन थालियो भन्ने कुराको कुनै आधिकारिक तथ्य उपलब्ध छैन । मध्यकालमा युरोपका धेरै सहरमा २५ मार्चका दिन नयाँ वर्...

मानसिक रुपमा मरेकी महिलाले जन्माइन् बच्चा

मानसिक रुपमा मरेकी महिलाले जन्माइन् बच्चा
एजेन्सी । विश्वमा अनौठो लाग्ने खालका घटनाहरु भइरहेको हुन्छ । बंगलादेशमा एक महिलाले एक महिनामा तीन वटा बच्चाहरु जन्ममाएकी समाचार बीबीसीमा आएको थियो । फेरि अर्को फरक प्रकारको सामाचार आएको छ । जुन हो मानसिक रुपमा मरिसकेकी महिलाले बच्चा जन्माएकी छन् । पुर्तगालमा एक २६ वर्षीया महिला खेलाडी बच्चा जन्माएर मृत्यु भइन् । डिसेम्बर महीना मै उनी ब्रेन डेड अथवा मानसिक रुपमा मृत थिइन् । अन्तराष्ट्रिय स्तर खे...

चार वर्षसम्म पेप्सी पिउन नपाउने सजायँ

चार वर्षसम्म पेप्सी पिउन नपाउने सजायँ
एजेन्सी । कार चोरी गर्ने मानिसमाथि अदालतले कस्तो सजायँ गर्ला ? जेल सजायँ वा नगद जरिवाना । तर अमेरिकामा भने एकजना कार चोरीका अभियुक्तलाई अदालतले चार वर्षसम्म पेप्सी पिउन नपाउने फैसला गरेको छ । अमेरिकाको हवाईस्थित अदालतले २१ वर्षका एक अभियुक्त विरुद्ध यस्तो फैसला गरेको हो । समाचार अनुसार क्रिस्टोफर मोन्टीलियानो नामका ती अभियुक्तलाई उनको मनपर्ने पेय पदार्थ पेप्सी चार वर्षसम्म नपिउने आदेश गर्ने न्य...

पहिलो सन्तान जन्माएको २६ दिनपछि जन्माइन् जुम्ल्याहा

पहिलो सन्तान जन्माएको २६ दिनपछि जन्माइन् जुम्ल्याहा
बीबीसी ।  बंगलादेशमा एउटा यस्तो घटना घटित भएको छ जसले त्यहाँको चिकित्सा जगतका साथै सर्वसाधारण पनि चकित छन् । २० वर्षे एक युवतीले पहिलो सन्तान जन्माएको २६ दिनपछि जुम्ल्याहा बच्चा जन्माएकी छिन् । पहिलो बच्चा जन्मेका बेला डाक्टरलाई उनको पेटमा जुम्ल्याहा बच्चा भएको थाहा थिएन । पहिलो सन्तानलाई जन्म दिएको करिब एक महिनापछि आरिफ सुल्ताना नामकी युवतीले शल्यक्रियामार्फत् जुम्ल्याहा बच्चा जन्माइन् । तीन...

अनौठो होटल, जहाँ ६० हजार सिँढी उक्लिएर ग्राहक पुग्दछन्

अनौठो होटल, जहाँ ६० हजार सिँढी उक्लिएर ग्राहक पुग्दछन्
 एजेन्सी । आफ्ना ग्राहकलाई नौलो अनुभुति दिलाउनका लागि दुनियामा अनेक खालका होटेल खुलेका छन् । यस्तै एउटा अनौठो होटल चीनमा छ । चीनको येल्लो माउन्टेनमा अवस्थित उक्त होटलमा पुग्नका लागि ६० हजार सिँढी चढ्नु पर्दछ । उक्त चारतारे होटलको नाम जेड स्क्रिन होटल हो । पहाडमा १८३० मिटर उचाईमा रहेको उक्त होटलबाट हंगशन पर्वतीय श्रृंखलाको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । पहाडी क्षेत्रमा १५ सय वर्षभन्दा पनि पूरा...

सहकर्मीले पादेको भन्दै अदालतमा मुद्दा

सहकर्मीले पादेको भन्दै अदालतमा मुद्दा
एजेन्सी । हालै अष्ट्रेलियामा एक अपत्यारिलो मुद्दा दर्ता भएको कुराले निकै हास्यासपद चर्चा पाएको छ । अष्ट्रेलियाको मेलबर्नका डेभिड नामक एक व्यत्तिले आफ्नो कार्यालयमा आएर पाद्ने गरेको आरोप लगाउँदै आफ्ना सहकर्मीविरुद्ध मुद्दा दर्ता गरि करिब २० करोड रुपैयाँ क्षतिपूर्ति माग गरेका छन् । निर्माण इन्जिनियरको काम गर्ने डेभिड नामक ती व्यत्तिले आफ्ना सहकर्मीले प्रत्येक दिन आफ्नो कार्यालयमा आएर पाद्ने गरेको...

मान्छेलाई लाग्छन् यस्ता अनौठा डर

मान्छेलाई लाग्छन् यस्ता अनौठा डर
सोम्निफोबियाः निद्राको भयलाई सोम्निफोबिया भनिन्छ। यो भय भएको मान्छे निदाएपछि मरिने हो कि भन्ने त्रासले ग्रस्त हुन्छ र निदाउन चाहँदैन। नोमोफोबियाः एक सर्वेक्षणका अनुसार बेलायतको आधाभन्दा बढी जनसंख्यालाई नोमोफोबिया छ। यस भयले गाँजेपछि मोबाइल फोनमा सिग्नल नआउने हो कि अथवा यसको ब्याट्री सिद्धिने पो हो कि भन्ने डर लागिरहन्छ। प्लुटोफोबियाः यो पैसादेखि डराउने मनोदशा हो। यसमा धनी भइएला कि भन्ने भय पनि...

जहाँ मानिस एक पटक सुते पछि महिनादिनसम्म उठ्दैनन्

जहाँ मानिस एक पटक सुते पछि महिनादिनसम्म उठ्दैनन्
काठमाडौं । तपाईं कति समय निदाउनु हुन्छ ? प्रायः ५/७ घण्टा त होला नी ! तर, काजगिस्तानको एक गाउँमा एक पटक सुते पछि मानिसहरु महिना दिनसम्म पनि उठदैन् । काजगिस्तानको उत्तरी क्षेत्र कलाची गाउँका मानिसमा रहस्यमय तरिकाले सुत्छन् । जव यिनीहरु एक पटक सुत्छन एक महिनासम्म उठ्दैनन् । यसलाई रोग नै मानिएको छ । कलाचीमा सन् २०१० मा पहिलोपटक यस्तो भएको थियो । त्यसबेला बच्चाहरु अचानक स्कूलमा ढलेर निदाएका थिए । त...

चीनमा भेटियो दुई हजार ५०० वर्ष पुरानो सग्लो अन्डा

चीनमा भेटियो दुई हजार ५०० वर्ष पुरानो सग्लो अन्डा
नानजिङ, १२ चैत । पुरातत्वविद्हरुले चीनको जियाङ्सु प्रान्तमा दुई हजार ५०० वर्ष पुरानो चिहानबाट सग्लो अन्डा भेटिएको सोमबार जनाएका छन् । उत्खनन्का क्रममा अन्डाले भरिएको जारमा एउटा मात्र अन्डा फुटेको अवस्थामा पाइएको थियो । नानजिङ म्युजियम इन्स्टिच्यूट अफ आर्कियोलोजीका अनुसन्धाताहरुले लियाङ शहरको शाङसिङस्थित एउटा विशाल चिहानमा उत्खनन् गर्दा ढक्कन लगाइएको माटोको भाँडोमा ती अन्डा फेला परेको बताएका छन्...
error: Content is protected !!