संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

सुनसरी । सुनसरीका दुई छुट्टा–छुट्टै स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बराहक्षेत्र नगरपालिकामा कार र कोशी गाउँपालिकामा स्कूटर दुर्घटना भएको हो ।

बराहक्षेत्र–३ बाङ्गेस्थित भित्री सडक खण्डमा ‘अनटेष्ट’ कार अनियन्त्रित भई पल्टिँदा कार चालक बराहक्षेत्र–६ चक्रघट्टीका ४० बर्षीय कृष्ण प्रसाद दाहालको मृत्यु भएको छ । गएराती पौने ८ बजे कालाबञ्जरदेखि चक्रघटीतर्फ आउँदै गरेको सो कार आफै अनियन्त्रित भई सडकको दाहिनेतर्फ पैनीमा पल्टिएको हो । दुर्घटनामा घाइते चालक दाहाललाई स्थानीय नगर अस्पताल चक्रघटीमा उपचारका लागि ल्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको अस्थाई प्रहरी पोष्ट बाङ्गेले जनाएको छ ।

Advertisement

त्यस्तै, कोशी गाउँपालिका–८ भाण्टाबारी चोकस्थित पूर्व–पश्चिम राजमार्गमा ‘अनटेष्ट’ स्कुटर अनियन्त्रीत भई दुर्घटना हुँदा स्कुटर चालक झापाको दमक नगरपालिका–१ की २६ बर्षीया सासा लिम्बुको मृत्यु भएको छ । गएराती साढे ११ बजे पूर्वबाट पश्चिम जादै गरेको स्कुटी आफै अनियन्त्रीत भई दुर्घटना हुँदा गम्भीर घाइते भएकी लिम्बुलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो ।

न्यूरोमा उपचारकै क्रममा आज बिहान सवा ३ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा स्कुटीको पछाडि सवार झापाको बुद्दशान्ति गाउँपालिका–१ की २७ बर्षीया रेनु गुरुङ पनि घाइते भएकी छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!