संगालोखबर सम्वाददाता

सुनसरी । सुनसरीबाट नक्कली नेपाली रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको अररिया रामनगरका ४० वर्षीय नबल किशोर पाल र ३२ वर्षीय सुमन पाल छन् ।

Advertisement

देवानगञ्ज गाउँपालिका–२ मध्यहर्षाईस्थित पेट्रोल पम्पबाट १ सय रुपैयाँ दरका १६ थान नक्कली नेपाली रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

बीआर ५० एस ८४०६ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको टालीले चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार दुबै जनालाई नक्कली नोटसहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुबै जनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!