संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

विराटनगर । सुनसरी र उदयपुरका दुई छुट्टाछुटै स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ एक घाइते छन् ।

सुनसरीको कोशी गाँउपालिका–२ लौकहरीस्थित मधुबन सडक खण्डमा को २ त ९९६७ नम्बरको ट्रयाक्टरले को ३६ प ४०२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रयाक्टरको ठक्करबाट स्थानीय ४० बर्षीय मनोज यादव घाइते भएका थिए । जिल्ला अस्पताल ईनरुवामा उपचारकै क्रममा उनको मृत्यु भएको हो । ट्याक्टर चालक स्थानीय १८ बर्षीय जितेन यादवलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

Advertisement

त्यस्तै उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित बेल्टारबाट गाईघाट आउँदै गरेको प्रदेश नम्बर १ –०५–००१ प ३५९२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ४६ बर्षीय कर्ण सुन्दास र मोटरसाइकल चालक त्रियुगा–१३ राई चौकका २९ बर्षीय बिरेन राई घाइते भएका थिए । उपचारकै क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा सुन्दासको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!