संगालोखबर सम्बाददाता

काठमाडौं । करिब ४ हजार शिक्षकका लागि नयाँ दरबन्दी खुलाइने भएको छ । ३ हजार ९ सय ४१ जना शिक्षकको नयाँ दरबन्दी खुलाउने तयारी गरिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।

Advertisement

केन्द्रका अनुसार प्राथमिक तहमा ३ हजार १ सय ८६, निम्न माध्यमिक तहमा ४ सय २३ र माध्यमिक तहमा ३ सय ३२ पद रिक्त छ । देशभर रिक्त रहेका पदमा नयाँ शिक्षक नियुक्तिका लागि केन्द्रले नयाँ दरबन्दी तयार गरेको हो ।

देशभरका विद्यालयमा रिक्त रहेको शिक्षकको सङ्ख्याको आधारमा तयार गरेको रिक्त दरबन्दी संख्या शिक्षक सेवा आयोगमा बुझाइएको केन्द्रका प्रवक्ता रुद्रप्रसाद अधिकारीले जानकारी दिए ।

उनका अनुसार केन्द्रको तथ्याङ्कको आधारमा आयोगले विज्ञापन गरेर अब नयाँ शिक्षकको आवेदन खुला गर्नेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!