संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगर महानगरपालिका–१६ बाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी–४ का २४ बर्षीय असिम बस्नेत र इटहरी–५ का ३२ बर्षीय कुमार विश्वकर्मा छन् ।

Advertisement

गएराती १० बजे भारतीय क्षेत्रबाट नेपालतर्फ आउँदै गरेको को २५ प २५५५ नम्बरको स्कुटरलाई रोकेर चेकजाँच गर्ने क्रममा स्कुटर चालक बस्नेत र स्कुटरको पछाडि सवार विश्वकर्मालाई लागुऔषधसहित पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट लागुऔषध डाईजेल्याब ३० एम्पुल, लुपिजेसिक ३० एम्पुल, फेरागन ३० एम्पुल, डाईलेक्स डिसी १ बोतल, नाईट्रोजन ट्याब्लेट १० चक्की र सामसुङ कम्पनिको २ थान मोवायल बरामद गरिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका दुबै जनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!