संगालोखबर सम्बाददाता

विराटनगर । विराटनगर महानगरपालिका–१२ पटुवारी टोलबाट स्कुटर चोरीमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर–१२ का २२ बर्षीय गणेश कुमार राम छन् ।

Advertisement

उनले मंसिर २९ गते राती साढे ७ बजे को २९ प ६६०० नम्बरको स्कुटर चोरी गरेका थिए । स्कुटर चोरीमा संलग्नको खोजी गर्ने क्रममा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले स्कुटरसहित उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका रामलाई जिल्ला अदालत मोरङबाट चोरी कसूरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!