संगालोखबर सम्वाददाता

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–४ मा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

Advertisement

मालिक टोलस्थित भित्री पक्की सडकमा उत्तरबाट दक्षिणतर्फ जादै गरेको भारतीय नम्बर प्लेटको बीआर ५० डी ८५४६ नम्बरको मोटरसाइकल राती ९ः२० बजे अनियन्त्रित भई रोड छेउको पिपलको रुखमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी मोटरसाइकल चालक धनपालथान–२ का ३५ वर्षीय सिताराम मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मण्डललाई उपचारका लागि  विराटनगरस्थित गोल्डेन अस्पताल ल्याइएको थियो ।

उपचारका क्रममा राती करिब १० बजे मण्डलको मृत्यु भएको हो । घटनापछि मोटरसाइकललाई कर्सिया प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!