संगालोखबर सम्वाददाता
फाइल तस्वीर

धनकुटा । धनकुटाको मुलघाटबाट नौं किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । छिन्ताङबाट धरानतर्फ जाँदै गरेको को १ ज ३३२३ नम्बरको बोलेरो गाडी चेकजाँच गर्ने क्रममा जेब्रा झोला भित्र लुकाएर राखिएको ९ किलो ५ सय ग्राम गाँजा बरामद भएको हो ।

गाडीमा गाँजा भेटिएपछि सोही गाडीमा सवार सहिदभूमि गाउँपालिका–२ का २० बर्षीय उपेन्द्र बिसुंखे र गाडी चालक सहिदभूमि–३ का २९ बर्षीय लोकेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

बुधबार बिहान करिब १० बजे पक्राउ परेका उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीहरुको कारोवारका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!