संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका ध्रुवराज राया बिजयी भएका छन् । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका राया ६३२८ मतसहित मेयरमा बिजयी बनेका हुन् ।

Advertisement

उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका दिपक बुढाथोकीले ५१३९ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार बुढाथोकीलाई ११८९ मतान्तरले पराजित गर्दै राया मेयरमा निर्वाचित भएका हुन् ।

यता, उप–मेयरमा एमाले उम्मेदवार मञ्जु कार्की (अधिकारी) ४५० मतान्तरले बिजयी भएकी छन् ।

उनले ५३८४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका प्रेम खड्काले ४९३४ मत प्राप्त गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!