संगालोखबर सम्बाददाता

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ६९२ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५३४ जनाको पीसीआर परीक्षण गर्दा ४४९ र ८६२ जनाको एन्टिजेन परीक्षण गर्दा २४३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २११, सुनसरीमा ११५, मोरङमा ८९, धनकुटामा ११, इलाममा ९, भोजपुरमा ३, ताप्लेजुङमा २, पाँचथर, खोटाङ, उदयपुर, सोलुखुम्वु र संखुवासभामा १/१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको छ ।

Advertisement

झापाको विर्तामोडमा ४२, दमक र शिवसताक्षीमा २७/२७, अर्जुनधारामा २५, भद्रपुर र मेचीनगरमा २४/२४, कनकाईमा १६, बुद्धशान्तिमा १२, कचनकवल र बाह्रदशीमा ३/३, झापा गाउँपालिकामा २, गौरादह, हल्दिबारी र कमल गाउँपालिकामा १/१, सुनसरीको धरानमा ५५, इटहरीमा ४३, इनरुवा र बराहक्षेत्रमा ५/५, गढी र देवानगञ्जमा २/२, रामधुनी, भोक्राहा नरसिंह र दुहवीमा १/१ जना संक्रमित भएका छन् । त्यस्तै मोरङको विराटनगरमा ३४, पथरीशनिश्चरेमा २२, सुन्दरहरैचामा ९, उर्लाबारीमा ७, बुढीगंगामा ५, मिक्लाजुङ, बेलबारी, धनपालथान र रतुवामाईमा २/२, लेटाङ, ग्रामथान, रंगेली र स्थानीय तह नखुलेका १/१, धनकुटाको धनकुटा नगरपालिकामा ९, महालक्ष्मी र शहिदभूमीमा १/१ जनामा संक्रमण देखिएको हो ।

यता, इलामको चुलाचुलीमा ३, इलाम नगरपालिका र सुर्योदयमा २/२, मांसेबुङ र माईमा १/१, भोजपुरको भोजपुर नगरपालिकामा २, साल्पासिलिछोमा १, ताप्लेजुङको फालेलुङ र स्थानीय तह नखुलेका १/१, पाँचथरको फाल्गुनन्द, खोटाङ, उदयपुरको चौदण्डीगढी, सोलुखुम्वुको नेचा सल्यान र संखुवासभाको पाँचखपनमा १/१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ मा आज ४९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २५८ महिला र २३५ पुरुष छन् । पछिल्लो २४ घण्टामा २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा १२ महिला र ९ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!