संगालोखबर सम्वाददाता

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ६९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७८८ जनाको पीसीआर परीक्षण गर्दा २१५ र १ हजार ५४९ जनाको एन्टिजेन परीक्षण गर्दा ४७७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०८, सुनसरीमा ४२, झापामा ३८, धनकुटामा १४, इलाममा ९, उदयपुरमा २, संखुवासभा र भोजपुरमा १–१ जनामा संक्रमण देखिएको छ । मोरङको लेटाङमा ५०, विराटनगरमा २०, पथरीशनिश्चरेमा १६, केराबारीमा १३, बेलबारीमा ५, सुनबर्षी, बुढीगंगा, उर्लाबारीमा १–१, सुनसरीको धरानमा २६, इटहरीमा १३, इनरुवामा २, बराहक्षेत्रमा १ जनामा संक्रमण देखिएको हो ।

झापाको दमकमा १५, भद्रपुरमा १०, मेचीनगरमा ४, गौरादह र विर्तामोडमा ३–३, कमल गाउँपालिकामा २ र शिवसताक्षीमा १, धनकुटाको धनकुटा नगरपालिकामा ७, पाख्रीबास नगरपालिकामा ५, चौविसे गाउँपालिका र सहिदभूमि गाउँपालिकामा १–१ जनामा संक्रमण पुष्टि भएको छ । इलामको सुर्योदयमा ४, इलाम नगरपालिकामा ३, चुलाचुलीमा २, उदयपुरको त्रियुगा र स्थानीय तह नखुलेका १–१, संखुवासभा र भोजपुरको साल्पासिलिछोमा १–१ जनामा संक्रमण देखिएको छ ।

यसैबीच, प्रदेश १ मा आज ६४५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३०७ महिला र ३३८ पुरुष छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ४ पुरुष छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!