संगालोखबर सम्वाददाता

सुनसरी । धरान-तरहरा सडक खण्डस्थित जङ्गलमा शुक्रबार साँझ गोली प्रहार गरेर लुटपाट भएको छ । लुटेरा समुहले प्रहार गरेको गोली लागेर विराटनगर–५ का २८ वर्षीय रोहित चौधरीको मृत्यु भएको छ ।

Advertisement

धनकुटाको मुलघाटबाट विराटनगर जाँदै गरेका चौधरीमाथि साँझ करिब ५ः३० बजे सेउती पुलमा अज्ञात समूहले लुटपाट गरेको हो । लुटपाटका क्रममा गोली प्रहार गर्दा चौधरी गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । प्रतिष्ठानको आकस्मिक कक्षमा उपचारका क्रममा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार लुटेर समूहले चौधरीको साथबाट नगद र पैसा लगेको छ । पेस्तोल र खुकुरीसहित आएका तीन जनाको समूहले चौधरीमाथि गोली प्रहार गरेर लुटपाट गरेको बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!