संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

सुनसरी । धरानमा श्रीमानको कुटाइबाट घाइते भएकी श्रीमतीको मृत्यु भएको छ । धरान–१५ का ४१ बर्षीय महेन्द्र राईले कुटपिट गर्दा उनकी श्रीमती ३४ बर्षीया छुङकुको मृत्यु भएको हो ।

कार्तिक १८ गते बेलुका ६ बजे महेन्द्रले श्रीमती छुङकुमाथि कुटपिट गरेका थिए । घाइते भएकी छुङकुलाई केही दिन घरमै राखेर सोमबार उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो ।

Advertisement

उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय धरानको टोलीले कुटपिट गर्ने महेन्द्रलाई नियन्त्रणमा लिएको छ । उनलाई श्रीमती हत्या अभियोगमा पक्राउ गरी कारबाही प्रकृया अघि बढाइएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!