संगालोखबर सम्वाददाता
चोरी भएको मोटरसाइकल । फाइल तस्वीर

धनकुटा । धनकुटा बजारमा गएराती घरबाटै मोटरसाइकल चोरी भएको छ । धनकुटा नगरपालिका–७ डाँडागाउँ बस्दै आएका सुजन राईको को ३० प २०१९ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल चोरी भएको हो ।

सहिदभूमि गाउँपालिका–३ घर भएका राई मदनचौक नजिक रहेको पुनम पुस्तक पसलमा काम गर्दै आएका छन् । राई कोठा भाडामा बस्दै आएको डाँडागाउँस्थित घरको आगनबाट मोटरसाइकल चोरी भएको हो । बेलुका आगनमा मोटरसाइकल राखेर सुतेको भएपनि बिहान उठ्दा मोटरसाइकल नभएकाले राती नै मोटरसाइकल चोरी भएको राईले बताए । ‘बेलुका हेण्डिल लक गरेर बाइक राखेको थिए,’ राईले संगालोखबरसँग भने, ‘चावी मसँगै छ, चोरले राती नै लक तोडेर बाइक लगेछ ।’

Advertisement

मोटरसाइकल चोरी भएपछि खोजतलासका लागि उनले आज बिहान जिल्ला ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका छन् । केही महिना अघि पनि धनकुटाको पात्लेखोलास्थित घरबाटै मोटरसाइकल चोरी भएको थियो ।

धनकुटामा पछिल्लो समय चोरीका घटना बढ्न थालेका छन् । केही दिन अघि पनि धनकुटा नगरपालिका–७ तुलसीकुँवा टोलबाट दिउँसै घरको ढोका फुटाएर नगद र गहना चोरी भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!