आसन्न स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसले धनकुटा नगरपालिकामा उम्मेदवारको घोषणा गरेको छ । धनकुटा सदरमुकाममा आज कार्यक्रम आयोजना गरी कांग्रेसले मेयर, उप-मेयरसहित १० वटै वडाका सवै उम्मेदवारको घोषणा गरेको हो । कांग्रेसले धनकुटा नगरको मेयरमा दिनेश राईलाई उठाएको छ । उनी कांग्रेस धनकुटाका कोषाध्यक्षसमेत हुन । यता उप–मेयरमा कांग्रेसले रेणु श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!