संगालोखबर सम्वाददाता
दुर्घटनाग्रस्त मोटरसाइकल । तस्वीर सौजन्य: मनिसा पोख्रेल

धनकुटा । धनकुटा नगरपालिका–४ स्थित स्कूलडाँडा नजिक बुधबार साँझ ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् । खाँदवारीबाट धरानतर्फ जाँदै गरेको प्र.१–०२–००१ ख ८७८९ नम्बरको ट्रकले धनकुटाबाट हिलेतर्फ जाँदै गरेको को.२१ प ७२७६ नम्बरको मोटरसाइकललाई साँझ करिब ६ बजे स्याउले घुम्तिमा ठक्कर दिएको हो ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार सहिदभूमि गाउँपालिका–५ का ३१ बर्षीय विसम राई र ६१ बर्षीय गणेश राई घाइते भएको धनकुटाका प्रहरी प्रमुख एसपी नकुल पोखरेलले जानकारी दिए । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो । त्यहाँ उपचार हुँन नसकेपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।

Advertisement

घटनापछि ट्रक र चालक झापाको कमल गाउँपालिका–३ का ५४ बर्षीय ज्ञानबहादुर लिम्बूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!