संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा शुक्रबार १५ जना कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा चार जना र एन्टिजेन परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ ।

Advertisement

चार जनाको पीसीआर परीक्षण गर्दा चारै जनामा कोरोना संक्रमण देखिएको छ । यता, १२ जनाको एन्टिजेन परीक्षण गर्दा ११ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईले जानकारी दिए ।

योसँगै धनकुटामा सक्रिय संक्रमितको संख्या १६२ पुगेको छ । परीक्षण संख्याका आधारमा शुक्रबार ९३ दशमलव ७५ प्रतिशतमा संक्रमण देखिएको हो । जिल्लामा संक्रमणदर धेरै पाइएकाले स्थिती निकै भयावह रहेको स्वास्थ्य कार्यालयका प्रमुख गुरागाई बताउँछन् ।

यसैबीच, शुक्रबार २६ जना संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

माघ महिना सुरु भएयता धनकुटामा पुनः संक्रमित बढ्न थालेका हुन् । यसअघि संक्रमितरहित अवस्थामा पुगेको धनकुटामा गत पुस २९ गते एक जना संक्रमित भेटिएका थिए । त्यसयता, संक्रमितको संख्या बढिरहेको छ ।

परीक्षण गराएका सबैमा संक्रमण पुष्टि

धनकुटा नगरपालिका क्षेत्रमा मात्रै शुक्रबार १२ जना कोरोना संक्रमित थपिएका छन् । नगर क्षेत्रका १२ जनाको परीक्षण गर्दा १२ जनामै संक्रमण देखिएको धनकुटा नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख भोजराज भण्डारीले जानकारी दिए ।

नगर क्षेत्रका ४ जनाको पीसीआर र ८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । उनीहरु सबैको रिपोर्ट पोजिटिभ आएको हो । पीसीआर परीक्षणमा धनकुटा नगरपालिका–४ का २ जना तथा वडा नं. ५ र ७ का एक/एक जनामा संक्रमण देखिएको छ ।

त्यस्तै, एन्टिजेन परीक्षण गर्दा धनकुटा नगरपालिका–३ का १ जना, ४ का २ जना, ६ का २ जना र ७ का ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!