संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटा नगरपालिका–६ स्कुलडाँडाका धनबहादुर तामाङ आज बिहान मृत फेला परेका छन् । पानी ट्याङ्की नजिक घर भएका ४८ वर्षीय तामाङ स्कुलडाँडास्थित सडकको नालीमा मृत फेला परेका हुन् ।

Advertisement

बिहान ‘मर्निङ वाक’ का क्रममा स्थानीयबासीले तामाङलाई मृत अवस्थामा भेटेको टोलबस्ती सङ्गठनका अध्यक्ष धनबहादुर खड्काले जानकारी दिए । उनका अनुसार डिलबाट नलीमा खसेको जस्तो अवस्थामा उनको शव भेटिएको छ ।

नालीमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको हो । तामाङ मृत भेटिएपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । उनी भूपू सैनिक पनि हुन् । मृतकको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।

केही दिनअघि स्थानीय खड्ग पाख्रिनको निधन भएको थियो । मृतकको घरमा गएका धनबहादुर गएराती करिब १२ः३० बजे घर जान भनेर हिँडेका थिए । उनको मृत्युको यकिन कारण खुलेको छैन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!