संगालोखबर सम्वाददाता

विराटनगर । नेकपा माओवादी केन्द्रले शनिबार देशभर वडा सम्मेलन आयोजना गरेको छ । पुसमा राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको माओवादी केन्द्रले देशभरका ६ हजार ७ सय ४३ वडामा एकैसाथ अधिवेशन आयोजना गरेको हो ।

Advertisement

माओवादी केन्द्रको नेतृत्वले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न सबै वडालाई सुझाव दिएको छ । सर्वसम्मत नभए निर्वाचनमा जान सुझाव दिइएपनि समूहगत निर्वाचनमा भने नजान पार्टीले निर्देशन दिएको बताइएको छ ।

माओवादी केन्द्रले मंसिर ११ मा सबै पालिकामा र मंसिर २५ मा सातै प्रदेशमा अधिवेशन सक्ने कार्यतालिका बनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!