संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

ईलाम । ईलामको रोङ गाउँपालिका–४ मा आज बिहान पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते छन् ।

बिहान पौने ६ बजे झापाबाट ईलामतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ च ७९१६ नम्बरको पिकअप दुर्घटना हुँदा झापाको मेचिनगर नगरपालिका–४ का ५५ बर्षीय रमेश थापा र ४० बर्षीय सुर्य बहादुर थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । पिकअप सडकबाट करिव ५०० मिटर तल खसेको छ ।

Advertisement

घटनास्थलमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको टोलीले दुर्घटनामा घाइते भएका पिकअप चालकलाई उपचारका लागि झापास्थित वि.एण्ड सि.अस्पताल पठाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!