संगालोखबर सम्बाददाता

सुनसरी । सुनसरीको इटहरी उप–महानगरपालिका–४ स्थित कोशी लोकमार्गमा आज ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुँनेमा सोही स्थानकी ६५ बर्षीया देवी खड्का छिन् ।

Advertisement

बिहान करिव ११ बजे धरानतर्फ जाँदै गरेको प्रदेश १–०२– ००१ ख ८६५२ नम्बरको ट्रकले पैदलयात्री खड्कालाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गंभीर घाइते भएकी खड्कालाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

ट्रक र चालक तेह्रथुमको जिरीखिम्ति–६ का पेम्वा शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!