संगालोखबर सम्वाददाता

सांकेतिक तस्बीर

Advertisement

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–३ सुनौलो टोलमा एक वृद्धले छुरा हानेर छिमेकीको हत्या गरेका छन् । स्थानीय ६२ बर्षीय देवी प्रसाद अधिकारीले छिमेकी २१ बर्षीय राजु थापालाई छुरा हानेर हत्या गरेका छन् ।

शुक्रबार साँझ साढे ४ बजे सामान्य घरायसी विवादका क्रममा अधिकारीले थापाको छातीमा छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट गंभीर घाइते भएका थापालाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । प्रतिष्ठानमा पु¥याउने बित्तिकै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले अधिकारीलाई पक्राउ गरेको छ । पक्राउ परेका अधिकारीसमेत घाइते भएकाले प्रहरीको निगरानीमा उनको उपचार भइरहेको छ । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!