संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

मोरङ । मोरङको कटहरी गाउँपालिका–५ मा आमा र बहिनीको कुटाईबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय ४० बर्षीय राजेन्द्र उराव छन् ।

शनिवार मादक पदार्थ सेवन गरेका राजेन्द्रसँग आमा र बहिनीको विवाद भएको थियो । सोही क्रममा उनीहरुले राजेन्द्रको टाउकोमा बाँसको लाठि प्रहार गर्दा उनी घाइते भएका थिए । विराटनगरस्थित नोबल शिक्षण अस्पतालमा उपचारका क्रममा गएराती सवा १० बजे उनको मृत्यु भएको हो ।

Advertisement

कुटपिटमा संलग्न ५५ बर्षीया आमा बातियो उराव र ३० बर्षीया बहिनी रीता उरावलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!